कुमोद अधिकारी विराटनगर
फागुन १ मंगलवार
आफनो अधिकारका लागि दवाव दिने उदेश्यले बिराट राजवंशी समाजले वृह्द भेलाको आयोजना गर्ने भएको छ ।
राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले आज पत्रकार सम्मेलनगरि यहि फागुन–६ गते विराट राजवंशी उत्थान केन्द्रीय समितिले विराटनगरको कंचनवारीमा भेलाको आयोजनागर्न लागेको जनाएको छ ।
विगतकाव वर्षहरु जस्तै यो वर्षपनि राजवंशी समाजले १७ औं भेला आयोजना गर्न लागेको समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले वताउनुभयो । समितिले बिगत १६ वर्ष देखि पहिचान र अधिकारका लाग दवाव मुलुक कार्यक्रम गर्दै आएको छ ।
समाजले बिराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सुचिकृत गर्नु पर्ने , राज्यको हरेक अंगमा बिराट राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, बिराटनगरमा बिराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, बिराटनगर महानगरपालिका , कटहरी, जहदा, बुढिगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई बिराट राजवंशी स्वायत्त परिषद ब्यवस्था गर्नु पर्ने र भेडियांरी स्थित बिराट दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि बिराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नु पर्ने लगायत ६ बुंदे माग राख्दै आएको छ ।
समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भेलामा कोशी प्रदेसका मुख्यमन्त्री, प्रदेससभा सदस्य , राजनितिकदलका प्रमुख तथा वभिन्न जातिय संगसंगठनका प्रमुखहरुको भेलामा सहभागिता रहने वताउनुभयो ।
. भेलाको अवसरमा अगामि फागुन ४ गते शुक्रबार बिहान ९ः३० बजे मोटरसाइकल ¥यालीको आयोजना हुने भएको छ ।
त्यसै गरि फागुन ६ गते बिहान १०ः३० बजे कन्चनबारी आधारभुत बिद्यालयमा भेला भैइ झाँकि सहितको ¥याली निकाल्दै कञ्चनबारी सितलुदास राजवंशी गुठिमा भेलाको आयोजना हुन लागेको हो
कार्यक्रममा झापा, मोरङ सुनसरीबाट १ हजार बढिको सहभागिता रहने आयोजकले जनाएको छ । झापा, मोरङ , सुनसरीमा करिब ५० हजार जनसंख्यामा बिराट राजवंशीको रहेको छ ।