बिराटनगर बरगाछी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु , एकजना घाइते

कुमोद अधिकारी
माघ २८ आइतवार
बिराटनगर महानगरपालिका वडा नं. ५ बरगाछी चोकमा आज विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन ।
विराटनगर–इटहरी सडक खण्डमा कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको बा प्र ३–००१ ख १४११ नं. को ट्रकले बाटो काटदै गरेको ३६ प २८८९ नं. को मोटरसाइकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका वडा नं. ९ बस्ने करिव २५ वर्षका नगेन चौधरी गम्भिर घाईते भएकोमा उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सोही मोटरसाइकल पछाडी सवार जिल्ला सुनसरी दुहबी नगरपालिका वडा नं. ९ बस्ने निजको भतिजि बर्ष १५÷१६ कि सोस्था चौधरी को दुबै घुडामा सामान्य चोट लागेको छ ।
घटनापछि स्थानिय बासिले ट्रकमा आगजानी गरेको र नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
ट्रक चालक जिल्ला चितवान राप्ति नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४१ को शेर बहादुर राई सामान्य हात खूट्टामा चोट लागेकोमा उनलाई नियन्त्रणमा लिएर बिराटनर्सिङ होममा उनको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *