कुमोद अधिकारी विराटनगर
माघ १६ मंगलवार
रुसको सेनामा कार्यरत सुनसरी बराहक्षेत्रका राजन राउत ३ महिनादेखि सम्पर्क विहीनको अवस्थामा रहेको भन्दै परिवारले राउतको खोजी गरिदिन नेपाल सरकारसंग आग्रह गर्नु भएको छ ।
कात्तिक ५ गते रुसबाट परिवारको सम्पर्कमा आउनु भएका राउत त्यसपछि सम्पर्क विहीन हुनु भएको परिवारले जनाएका छन । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ३१ बर्षिया राउत २०८० सालको विजया दशमी पर्व सकेर रुस पुग्नु भएको थियो । कात्तिक २ गते राउत रुसी सेनामा भर्ना भएका थिए ।
तालिम पछि उहालाई युक्रेनको युद्धमा पठाएको भन्ने सुनिएपनि आफनो परिवारसंग अहिले सम्म सम्पर्कमा नआएको उहाका परिवारका सदस्य गिता राउतले बताउनुभयो ।
राउतको घरमा बुवा, आमा, श्रीमती १ छोरा र १ छोरी हुनुहुन्छ । श्रीमती गर्भवती भएको बेला रुस पुगेका राउतका कान्छा छोरा ३ महिनाका छन । राउत सम्पर्क विहीन हुँदा परिवार पीडामा छन् । रोजगारीका सिलसिलामा काठमाण्डौका भरत केसीको माध्यमवाट राउत रसिया पुग्नु भएको परिवारको भनाई छ ।