कुमोद अधिकारी, विराटनगर
माघ ८ सोमवार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर, इटहरी तथा झापाको सुरङा बजारमा प्रदेश सरकारले स्थापना गरेको विद्युतिय सवारी साधनको चार्जिङ्ग स्टेशनको आइतवार विराटनगरबाट एकसाथ सुभारम्भ गर्नुभएको छ । नेपालमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन लाई विस्थापन गरी नेपालमै उत्पादन भएको विद्युतलाई उपयोग गर्दै पेट्रोलियम पदार्थको आयत घटाउन कोशीप्रदेश सरकारले विभिन्न काम गरीरहेको कार्कीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले यो सरकार जनताको सरकार भएकाले कसैको स्वार्थ र फाइदाका लागि भन्दा सामुहिक हितका योजना बनाएर अघि बढन सवै मन्त्रालयलाई आग्रह गर्नुभयो ।
मानविय विकास बिनाको भौतिक विकास सम्भव नहुने भन्नुहँुदै उहाँले यो सरकारले जनताको मन जित्ने गरि काम गर्ने बताउनुभयो ।

विपन्न समुदायलाई शुद्ध खानेपानी उपलव्ध गराउन उपभोक्ताहरुलाई खानेपानी निःशुल्क उपलव्ध गराउने योजनामा सरकार रहेका उहाँको भनाई थियो ।
कार्यक्रममा कोशी प्रदेशका भौतक पुर्वाधार तथा शहरीविकास मन्त्री कमलप्रसाद जवेगुले पाहडी लगायत दुर्गम स्थानमा यातयातका साधनको पहँुच पुगेका स्थानहरुमा चार्जिङ्ग स्टेशन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खानेपानी सिचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झाले विद्युतिय सवारी साधनको माग र आवश्यकता अनुसार चार्जिङ्ग स्टेसन स्थापना गर्दै जाने बताउनुभयो
खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशको सहयोगमा करिव सवा करोडको लागतमा सो तीन स्थानमा चार्जिङस्टेशन स्थापना गरिएको हो ।
६०–६० किलोवाट क्षमता भएको तीनवटा चार्जिङ सेन्टरमा एकैपटक दुइवटा विद्युतिय गाडी चार्ज गर्न सकिने व्यवस्था मिलाइएको छ । आधा देखि एक घन्ट भित्रमा विद्युतिय गाडी चार्ज गर्न सकिने जनाएको छ ।