विराटनगरको पारस अस्पतालमा छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिइने

कुमोद अधिकारी
विराटनगर माघ ४

विराटनगर–११ महेन्द्र चौक स्थित पारस मल्टीस्पिेसियालिटी अस्पतालले छोरी जन्माउने आमालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने घोषणाा गरेको छ ।
विहिवार देखि सो अस्पतालले छोरी बचाउ अभियान अन्तर्गत आमा तथा छोरी बचाउ कार्यक्रम संचालनगर्दै निःशुल्क डेलिभरी तथा निःशुल्क शल्यक्रिया संचालन गरेको हो ।
अस्पतालले विहिवार पत्रकार सम्मेलनगदै सो अभियान अन्तर्गत अस्पतालमा भर्ना हुन आएकाहरुको नर्मल डेलिभरी भएमा त्यस्ता छोरा वा छोरी जे भएपनि आमा छोरा÷छोरी दुवैलाई अस्पतालले निःशुल्क उपचार गर्ने, तथा शल्यक्रियागरि छोरी पाउने आमालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै त्यस्ता आमालाई अस्पतालले एक हजार प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको अस्पताल संचालक समितिका अध्यक्ष डा.सफिउर रहमानले बताउनुभयो ।
त्यस्तै सो कार्यक्रम अन्तर्गत स्पतालमा जन्मिएको सोही बच्चाले १ हजारको सुविधा कार्ड लिएमा सो बच्चाको उपचारका लागि अस्पतालको ओपिडि सेवा निःशुल्क तथा अन्य टेष्टहरुमा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको बरिष्ठ जनरल एंव ल्याप्रसकोपी सर्जन रहमानले बताउनुभयो ।
यसैगरि गरिव तथा असहाय समुदायलाई अस्पतालले स्वास्थ्यसेवा अन्तर्गत जनरलवेडमा ५० प्रतिशत तथा अप्रेरेसन र अन्यटेष्टहरुमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको अस्पताालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले बताउनुभयो ।


एकवर्ष देखि पारस अस्पतालको नामवाट संचालनमा आएको सो अस्पतालमा अहिले ५० वेड मध्ये गाइनोका लागि १७ वटा वेड छुटयाएको छ । अस्पतालले जनरल फिजिसियन, गाइनोलोजिष्ट,फिजियो थेरापी तथा डेन्टल सेवा प्रदानगर्दै आएको छ भने सात वटा एनआइसियु संचालनमा छन ।
अस्पतालका गाइनोलोजिष्ट डा.कविता यादवले गरिव, असहाय तथा विपन्न समुदायलााई लक्षित गर्दै अस्पतालले प्रोत्साहन भत्ता सहितको कार्यक्रम संचालनमा ल्याएको र यो कार्यक्रमले सुरक्षित प्रसुतीका लागि आमाहरुलाई अस्पतालमा आउने वातावरण तयारगर्ने बताउनुभयो ।
उहाँले अस्पतालमा आवश्यक जनशक्ति र उपकरण समेत पर्याप्त रहेकाले सुत्केरी गराउन आउने महिलाको संख्या वृद्धि भएपनि सवैलाई सहज रुपले डेलिभरीसेवा प्रदानगर्न अस्पताल संक्षम रहेको डा.यादवको भनााई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *