कुमोद अधिकारी विराटनगर
माघ, ४ विहिवार
मोरङको धनपालथान गाउँपालिका वडा नं २ को आयोजनामा २ सय ८० जना लक्षितवर्गलाई न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिक, गरिव विपन्न तथा असहायर एकल महिलाई सो वडाले स्वीटर र ज्याकेट वितरण गरेको हो ।
१ सय ४० जना पुरुषलाई ज्याकेट तथा १ सय ४० जना महिलालाई स्वीटर वितरण गरिको वडा नं २ का वडा अध्यक्ष पंकजकुमार मण्डलले बताउनुभयो । जेष्ट नागरिकका लागि जाडोको कपडा वितरण गर्न वडाले तीनलाख बजेट विनयोजित गरेको थियो । सोही रकमबाट कपडा वितरण गरिएको वडा अध्यक्ष मण्डलले बताउनुभयो । जाडोको समयमा न्यानो कपडा पाएपछि स्थानीय खुशि देखिएका छन ।