कुमोद अधिकारी विराटनगर
पुस १९ विहिवार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमाल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमाकुनै सम्झौता नहुने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागिआफूले ढुंगाको मुटु बनाएकोले यश विषयमा सबैलाई त्यहीअनुसार काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।
‘ऋण मुक्तगर्ने हिम्मतका साथ अहिले ऋणमा डुबेको प्रदेश सकारको नेतृत्व आफुले लिएको छु भन्नुहुदै उहाले , वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयमा निर्देशन दिएकोले यो विषयमा कसैले कुनै प्रश्न उठाएर कुनै किसिमको बहानाबाजी गर्ने छुट नभएको वताउनुभयो ।
प्रदेशमा देखिएको बेरूजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘नियमकानुनमानेर कामनगर्नेहो भने वित्तीय अनुशासन कायम हुन्छ उहाले भन्नुभयो प्राप्तअधिकार उपयोग गरेर राज्य संरचना सञ्चालन हुन्छ, कोशी सरकारमा कसैलाई नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको कानून विपरित गलत काम गर्न अव मिल्दैन ।’
बेरुजुको तथ्याङ्कमात्रै सार्वजनिक गरेर बस्यौँ भने जिम्मेवारी कसले लिन्छ त्यसैले सबै जनाजिम्मेवारी निर्वाह गरेर बेरूजुलाई शून्यमापुर्याउनै पर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
‘एक जनाकर्मचारीले खर्च गरेर गएको योजनाको कागजात पुर्याउने जिम्मेवारी अर्का कर्मचारीले नलिएर बेरुजु बढेको उहाको भनाई थियो । प्रदेश सरकारको बेरुजु बढ्यो भनेर मात्रै तथ्यांक देखाएर बदनाम गराउने काममात्रै गर्न मिल्छ ? के के मा र के के कारणले बेरुजु भयो भनेर पनिमहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्नुपर्छ ।’उहाले भन्नुभयो ।

कर्यक्रममा प्रदेश लेखा परीक्षक दामोदर खत्रीका अनुसार आन्तरिक लेखा परीक्षणमा गतआर्थिक वर्षमा कोशीप्रदेश सरकारको १ अर्ब ६४ करोड ६३ लाख १२ हजार बेरुजु भएको तथ्यांक सार्वजनिक गर्नुभयो ।
उहाका अनुसार, असुल गर्नु पर्ने बेरुजु २० प्रतिशत, नियमित गर्नुपर्ने बेरुजु ७२ प्रतिशत र यसमापनि प्रमाण कागजात पेस गर्नुपर्ने ४६ प्रतिशत रहेको छ ।
प्रदेश लेखा नियन्त्रक खत्रीले कोशी प्रदेशमा लेखा परीक्षक कार्यालय मातहत रहेको २२१ कर्मचारी दरबन्दीमा १२१ ज्ना कार्यरत र ८० जनाको दरबन्दी रिक्त रहेको अवस्थामाकाम गर्नु परेको बाध्यता सुनाउनुभयो
।‘बेरुजु जुनशाखाको काममाभएको छ त्यसले फर्छ्यौट गर्नुपर्ने हुन्छ, यहाँ त बेरुजु आएपछि लेखालाई मात्रे जिम्मेवार बनाइन्छ,उहाले भन्नुभयो ‘बेरूजु फर्छयौटमाजुनसुकै कार्यालयको सबै जिम्मेवार शाखाले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।’
कोशी प्रदेशको आर्थिक मामिलातथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले सरकारले खर्च गर्ने क्षमता वर्षेनी बढाइरहेको उल्लेख गर्नुभयो गत आर्थिक वर्षमा कोशीमाचालु र पूँजिगततथा स्थानीयतहको अनुदान गरेर कुल बजेटको ८१.४५ प्रतिशत गतआर्थिक वर्षमा खर्च भएको उहाको भनाइ थियो ।
बेरूजु फर्छ्यौटका लागि लेखा परीक्षणकै समयमा प्रमाण प्रस्तुतिमा सक्रियता कायम गर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षक कार्यालयकी उपमहालेखा परीक्षकबिन्दु विष्टले बताउनुभयो ।
कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्लेले कानून अनुसार काम गरेमा कुनै बेरुजु नआउने उल्लेख गर्नुभयो ।