कुमोद अधिकारी वैसाख १२ मंगलवार
विराटनगर ÷
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो ।
उहाले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गर्नुभयो ।
उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ भन्नुहुदै अब युवाहरूलाई अवसर गराउदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठनलाई वािलयो वनाउनुपर्ने उहाले वताउनुभयो । कोइरालाले भन्नुभयो, “मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।”
नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने बताउदै हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको बताउदै अर्थतन्त्र सुधारका लागि सरकार गम्भीरहुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसको “संसदीय दलको मिटिङमा अर्थमन्त्रीको कुरा सुन्दा देशको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” उहाले भन्नुभयो , “तर पनि उहाँले सुधारका लागि सबै किसिमका उपायहरू लगाइरहनु भएको छ
।” नेता कोइरालाले आर्थिक रुपमा नेपाल श्रीलंकाको बाटोमा अहिले नै नगएको प्रस्ट पार्नुभयो ।