तीन करोड रुपैँयाको लागतमा रंगेलीमा पशुआहार उद्योग संचालन

विराटनगर
पशूपालन व्यवसाय लाई लक्षीत गर्दै मोरङको रंगेली नगरपालिका–८मा पशुआहार उद्योग संचालनमा आएको छ । तीन करोड रुपैँयाको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागी टयावलेट र पाउडर दाना उत्तपादन गर्दै आएको छ ।
दाना उत्पादनका लागी उद्योगले मकै, धान, चामल कुटाउदा निस्कने भुसा चोकर तथा ,तोरी र भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ ।


१८ प्रकारका कृषिजन्य व्राण्ड मिश्रण गरेर गरेर उत्पादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसकोे प्रयोगले दुग्ध तथा मासु उत्पादनमा वृद्धि भई पशु समेत स्वथ्यकर हुने उद्योगका संचालक ओमकार थपाले बताउनुभयो ।
उद्योगले दैनिक पाँच टन पशु आहार उत्पादन गर्दै आएको छ । उद्योगको मासिक ३ सय टन दाना उत्पादन गर्ने क्षमता भए पनि पहिलो चरणमा अहिले मासिक १ सय ३० टन दाना उत्पादन गरिरहेको संचालक थापाले बताउनुभयो । किसानले पाउने बजार मुल्यभन्दा उद्योगले ५० रुपैया बढि मुल्य दिएर कृषिजन्य वस्तु खरिद गर्दै आएको छ ।
रोजगारी लागी युवाहरु विदेश पलयान भइरहेको अवस्थामा स्वदेशमा केहि गर्न सकिन्छ भन्ने उदारण दिन आफुहरुले उद्योग संचालनमा ल्याएको अर्का संचालक सन्जोग बस्नेतले बताउनुभयो । यूवाहरुले संचालनमा ल्याएको यस्ता उद्योग लाई सरकारले प्रोत्साहन गर्नुपर्ने उँहाको भनाई छ ।
यसरी गाउँ घर मै उद्योग संचालनमा आएपछि पशुपालक किसान समेत खुशी भएका छन । उत्पादित दाना गाई,वस्तु, सुगुर वंगुर, खसि, बोका तथा घोडालाई समेत आहारका लागि प्रयोग गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *