प्रदेश १ नामकरणको प्रस्तावमा संशोधनका लागि दुई घण्टा समय , आजै टुंग्याउने तयारी

प्रदेश १ संसदका सभामुख बाबुराम गौतमले प्रदेश सभामा दर्ता भएको ‘कोशी’ नाममा संशोधन गर्न चाहने सांसदका लागि दुई घण्टाको लागि स्थगित गरेका छन्। 

एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुखले दुई घण्टा प्रदेशसभा स्थगन गरेका हुन्।

यो दुई घण्टामा संशोधन गर्न चाहने सांसदले संशोधन दर्ता गर्न सक्नेछन्।

प्रक्रिया पूरा भएपछि आजै नाम घोषणा गर्ने तयारी छ।

यसअघि प्रदेश सभा सचिवालयमा प्रदेशको नाम कोशी राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए।

ती दुई प्रस्तावमध्ये एमालेले दर्ता गरेको प्रस्तावमाथि छलफल भएको थियो।

दर्ता भएका दुई प्रस्तावमध्ये सभामुख बाबुराम गौतमले छलफल गर्ने कि नगर्ने भनेर ध्वनि मतका आधारमा निर्णय गरेका थिए।

सुरूमा कोशी प्रस्तावलाई छलफलका लागि अघि बढाउन सभामुखले ध्वनि मतका आधारमा निर्णय गरेका थिए।

उक्त प्रस्ताव छलफलका लागि स्वीकृत भएपछि नेकपा (एकीकृत समाजवादी) ले राखेको प्रस्ताव अस्वीकृत भएको थियो।

कोशीको पक्षमा एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्र पनि उभिएका छन्। यसअघि कांग्रेस सांसद भूमिप्रसाद राजवंशी एमालेको प्रस्तावमा समर्थक बनेका थिए। पछि उनले आफ्नो समर्थन फिर्ता लिएका थिए।

कांग्रेस सांसदहरू भने कोशी प्रस्तावको पक्षमा देखिएका छन्।

विवादका कारण अघिल्लो प्रदेश सभाले राख्न नसकेको नाम मंसिर ४ को चुनावपछि गठन भएको नयाँ प्रदेश सभाले टुंगो लगाउन छलफल भइरहँदा त्यसको प्रत्यक्ष प्रसारण भने रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *