जनजागृतिका कवि धरणीधरको योगदानको चर्चा

विराटनगर÷ जनजागृतिका कवि धरणीधर कोइरालाको १३१ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम भएको छ । जन्मजयन्तीका अवसरमा कवि कोइरालाको शालिकमा माल्यार्पणसहित योगदानको चर्चा गरिएको छ ।
धरणीधरण पुरस्कार प्रतिष्ठान विराटनगरको आयोजनामा विराटनगर–११ पञ्चमुखी चोक स्थित धरणीधर कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, साहित्यकार समेत रहेका प्रेस युनियन प्रदेश–१ का अध्यक्ष मीनकुमार नवोदित, साहित्यकार देवी पन्थी, प्रेस चौधरी मोरङका पूर्वअध्यक्ष माधव अधिकारी, ज्येष्ठ नागरिक वडा समितिका सचिव अर्जुन भट्टराई, धरणीधर पुरस्कार प्रतिष्ठानका सचिव खगेन्द्र संग्रौला, पुष्कर कोइराला, महानगर प्रहरीका प्रमुख राजन पौडेल लगायतले शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दैै वडाध्यक्ष नेउपाने सहितका वक्ताहरुले कवि धरणीधर कोइरालाको साहित्यमा मात्रै नभएर राजनैतिक परिवर्तनमा पनि महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए । आफ्ना कविता मार्फत राणाशासन विरुद्ध जनतालाई जागृत बनाउन कवि धरणीले उल्लेखनीय भूमिका निर्वाह गरेको उनीहरुको भनाइ थियो । त्यस्तै प्रतिष्ठानले रचना वाचनसहित धरणीधरको योगदानमाथि परिचर्चासमेत आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *