कुमोद अधिकारी विराटनगर
माघ २४ मंगलवार
मोरङको लोहन्द्रा खोलामा भइरहेको पुल निमार्णको काम अन्तिम चरणमा पुगेको छ । वेलवारी नगरपालिका–५ मा रहेको सो खोलाको पुल २०७४ सालमा आएको वाढिले भत्काएको थियो ।
ग्रामथाल गाउपालिका र वेलवारी नगरपालिकालाई जोडने सो पुल निमार्णका लागी २०७६ साल चैत महिनामा ठेक्का लागेको हो । सुनसरी मोरङ सिचाई योजनाले ठेक्का लगाएको सो पुल २०८० साल भाद्र मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
पुलको ६ वटा स्पान मध्ये पाचवटा स्पान निमार्णका काम सम्पन्न भएको र वाकि एउटा स्पान एक महिना भित्र सम्पन्न गर्ने गरि काम भइरहेको सुनसरी मोरङ सिचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले वताउनुभयो । पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेकाले ठेक्का सम्झौताको समय अगावै पुल संचालनमा आउने उहाको भनाइ थियो ।
१ सय ५२ मिटर लामो सो पुल निमार्णका लागी २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लागेको हो । चतराको मुल नहर देखी ४२ किलोमिटर पुर्व रहेको सो पुल र सिचाई लागी पुलसंगैको साइपन सो आयोजनाले निमार्ण गरेको हो ।
वाढिले पुल र साइपन दुवै भत्काएपछि केहि वर्ष योजनाको पुर्वी कमाण्ड क्षेत्रमा सिचाई समेत हुन सकेको थिएन । जसका कारण वेलवारी, रंगेली तथा कानेपोखरी क्षेत्रमा सिचाई अवरुद्ध भएको थियो । योजनाले दुइवर्ष अघि साइपन निमार्ण गरेर पुल पुर्व क्षेत्रका नहरमा पानी संचालनमा ल्याइ सकेको योजना प्रमुख यादवले वताउनुभयो ।