विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनु भएको छ ।
विराटनगरका व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पार्नुभयो ।
महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने मेयर कोइरालाको भनाइ थियो । “हरेक पार्किङस्थलबाट २ देखि ३ मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,” मेयर कोइरालाले भन्नुभयो “विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्नुहुन्छ भने हाम्रो भन्नु केही छैन । तर, विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईंहरूले सहयोग गर्नुहोस् ।” सडकमा पार्किङ निषेधले व्यापार भएन भन्नु गलत भएको उहाको तर्क थियो । “बानी नपरेका कारण अलि असहज महसुस भएको हुनसक्छ ।
बानी पर्दै गरेपछि सबै ठीक हुन्छ,” उनले भने, “विगतमा कालीमन्दिर अगाडि पनि पार्किङ निषेध गरिएको थियो, त्यस आसपासको व्यापारीलाई समस्या भएन त । अनि अहिले आएर अरु सडकलाई पार्किङ निषेध गर्दा समस्या भयो भन्नु ठीक भएन ।” महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत उहाको भनाई थियो ।
सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उहाको भनाइ थियो । “