मानवअधिकार लाई बलियो बनाउनू सरकारको दायित्व –मुख्यमन्त्री कार्की

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण सम्वर्धनमा  प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।  
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च– नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरुको सम्मेलन–२०७९ को आज विराटनगरमा उद्घाटन गर्नुहुदै  मुख्यमन्त्री कार्कीले  प्रदेश सरकारको क्षेत्रअधिकार भित्र रहि मानवअधिकारको संरक्षण गर्ने कार्यमा सरकार सक्रिय रहेको वताउनुभयो । 

मानव अधिकार आम नागरिको नैर्सगिक अधिकार भएकाले संघिय लोकतान्त्रीक व्यवस्थालाई दिगो बनाउनपनि मानव अधिकारको संरक्षण सम्वर्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व हामी सबैमा रहेको छ भन्दै संरचनाको सम्वन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउनका लागि पहिलो प्रयासको रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौ मा पु¥याएको उहाले वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणलाई आफुले उच्च प्राथमिकतामा राखेको र अनुकुल समयमा सर्व सहमती वा विधि प्रक्रिया पुरा गरेर प्रदेसको नामको विषय टुंगौ लगाउने बताउनुभयो ।
मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुवोध प्याकुरेल, डा नेत्र तिम्सीना लगायतले मानवअधिकार , सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले मानवअधिकार क्षेत्रमा कार्य गर्ने जनप्रतिनिधिहरुलाई सम्मान गर्नु भएको थियो ।
अधिवेशनमा प्रदेशका १४ जिल्लाका अधिकारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *