कांग्रेस कुनैपनि बेला सत्तामा जान सक्छ ः डा.शेखर कोइराला

विराटनगर,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काग्रेस ठुलो पार्टी भएकाले आफनो पार्टी कुनैपनि दिन सत्तामा जान सक्ने बताउनू भएको छ ।
नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाले राजनीतिकमा सरकार फेरबदल भइरहने भएकाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा कुनै दिन सरकार बत्र सक्ने संभावना रहेको वताउनुभयो ।
नेपालमा कानूनी राज्य छ भत्रे कुरा हिजोको घटनाले प्रष्ट पारेको बताउदै यसले न्यापालिका लाई सवल वनाएकौ उल्लेख गर्नुभयो ।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गते भित्र हुनुपर्ने भन्नुहुदै उहाले संविधान भन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले राष्ट्रपतिले पनि संविधान भित्र रहेर काम गर्नु पर्ने वताउनुभयो ।
नेता कोइरालाले नेपालमा प्रजतन्त्र, लोकतन्त्र तथा संंघियता कार्यान्वयका लागी आम संचार माध्यमले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुहुदै सञ्चार क्षेत्रमा तथा सञ्चारकर्मीहरुले भोग्नु परेको समस्या समाधान गर्न कांग्रेस गंभिर रहेको वताउनुभयो ।
मुलुकको राजनीतिक कठीन अवस्थामा रहेकाले दलहरु विच सहमती आवश्यक रहेको उहाको भनाई थियो ।
सात वटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनिय रहेको भन्नुहुदै नेता कोइरालाले मन्त्रालयको सङ्ख्या घटाउने कुरामा केन्द्रीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको वताउनुभयो ।
उहाँले कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो हुनुपर्ने वताउदै नेता कोइरालाले ‘ सरकारले नियमित खर्च घटाउदै र राजस्व बढाउनु पर्नेमा जोड दनुभयो
उहाँले नेपाली कांग्रेसलाई अझ जिम्मेवार बनाउन सहमतीमा प्रेस युनियनको नया नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीतिक गर्नु भन्दा विचार, उद्देश्य र सङ्गठनका लागि पनि राजनीतिक गर्नु पर्छ भत्रुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतमले पत्रकारको हकहितका विषयमा चर्चा गर्नु भएको थियो ।
नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं १ का संसदीय दलका नेता उद्धव थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला, अमृत अर्याल,तथा नेपाली प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *