विराटनगर प्रदेश–१ को राजधानी भएपनि सवारी चालक अनुमतीपत्र बनाउने व्यवस्था नहुदा मोरङ जिल्लाका सर्वसाधरण लाई सवारी चालक अनुमती पत्र बनाउनका लागी सुनसरीको इटहरी तथा झापाको विर्तामोड जानुपर्ने वाध्यता थियो ।
प्रदेश–१ सरकारको सहयोगमा विराटनगर– ४ खार्जी स्थित यातायात व्यवस्था सेवा कार्यालयले गत साउन –१५ गतेदेखी सवारी चालक अनुमती पत्र कार्यालय बाटै प्रदानगर्न शुरु ग¥यो ।
विराटनगर बाटै सवारी चालक अनुमती पत्र पाउन थालेपछि सेवाग्राही लाई अहिले निकैै सहज भएको छ । कार्यालयले सवारी चालक अनुमती पत्र दिन थालेपछि अरु जिल्लमा गएर सवारी लाइसेन्स बनाउन धाइरहनुपर्ने अवस्था अन्त्य भएको छ ।
अनलाइनको माध्यमवाट आवेदन दिने व्यवस्था मिलाएको सो कार्यालयले कार,मोटरसाइकल, स्कुटर,टेम्पो तथा टयाक्टर लगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परिक्षा लिएर चालक अनुमती पत्र पत्र दिदै आएको छ ।
साउन–१५ गते देखी मंसिर मसान्त सम्म प्रक्रिया पुरा गरेका साढे चार हजार जनाले परिक्षा उतिर्ण गरेको कार्यालयका प्रमुख अनमोलमणी भटराइले बताउनुभयो ।
सवारी चालक अनमतीपत्रका लागी सो अवधिमा ९ हजार ८ सय ३७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४५ दशमलव ७० प्रतिशतले परिक्षा उतिर्ण गरेका हुन । कार्यालयले सो अवधिमा ११ करोड ५७ लाख ८६ हजार ४ सय राजश्व संकलन गरेको छ ।
सवारी चालक अनुमती पत्र विराटनगर बाटै बनाउन पाइने भएपछि मोरङ जिल्लाका साथै अन्य जिल्लाका सेवाग्राही हरु सेवा लिन विराटनगर आउन थालेका छन ।
कार्यालय बाट छिटो छरितो एंव सहज रुपमा सेवा पाउन थालेपछि लायसेन्स बनाउने सेवाग्रहीको चाप कार्यालयमा उल्लेखनिय रुपमा बढेको छ ।
कार्यालय प्रमुख भट्टराइले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रभाह गरिरहेको बताउनुभयो । कार्यालयमा रहेका ११ जना कर्मचारीले विहान ७ वजेदेखी राती ९ बजेसम्म खटेर जतिसक्दो चाडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

विराटनगर बार्टै चालक अनुमती पत्र दिन शुरु गरेपछि समयपनि कम लाग्ने र सवै काम समयमा हुन गरेको विराटनगर–८ का सेवाग्रही अजयकुमार सिंहको भनाई छ ।
कार्यालयवाट अहिले दैनिक पाँचसय बढि सेवाग्रहीले सेवा पाइरहेका छन । आफनो भवन नहुदा अहिले भाडाको घरमा कार्याालय संचालनमा छ । सेवाग्रहीको चाप वढेपछि कार्यालय संचालना लागी सो भवन अपुग र सागुरो भएको सेवाग्राही बताउछन ।
त्यस्तै सो कार्यालयले बस, ट्रक लगायत ठुला सवारी साधनहरुका लागी पनि चालक अनुमतीपत्र दिने गरि व्यवस्था मिलाउन लागिएको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।