मुलुकमा संस्कृत शिक्षाको ठूलो महत्व रहेको छ–प्रदेश प्रमुख खापुङ्ग

  प्रदेश नं १ का  प्रदेश प्रमुख परशुराम खापुङ्गले मुलुकमा ऐतिहासिक रुपदेखि नै संस्कृत शिक्षाको ज्यादै ठूलो महत्व रहेको  बताउनु भएको छ ।
नेपाल शिक्षण परिषदाद्वारा लक्ष्मी नारायण  वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा  आयोजित १२ दिने  संस्कृत भाषा प्रशिक्षणको  विहिवार  आयोजित समापनका अवसरमा उहाँले पुराण, वेद, विभिन्न श्लोक, रामायण ,गीता तथा महाभारत लगायतमा भाषाको जग संस्कृत रहेको प्रष्ट पार्नु भयो । 
प्रदेश प्रमुख खापुङ्गले संस्कृत भाषालाई बलियो बनाउन राज्यले विशेष योगदान, सम्वद्र्धन र संरक्षण गर्नुपर्नेमा धारणा राख्नु भयो ।
उहाँले समाजमा खस्किदै गएको नीति शिक्षालाई वढावा दिन, राम्रा परम्पराहरुको संरक्षण र सभ्यतालाई अगाडि वढाउनका साथै आचरणयुक्त समाज निर्माण गर्न गुरुकुल शिक्षाको  उद्देश्य रहेको विचार राख्नु भयो ।
प्रमुख खापुङ्गले गुरुकुल पद्धतिलाई कायम राख्दै समाजलाई आगाडि वढाउन एवं सामाजिक सद्भावलाई बलिया बनाउन विज्ञान र प्रविधिलाई सस्कृत भाषाले सँगसँगै लिएर हिडनु पर्नेमा सुझाव दिनु भयो ।
सो अवसरमा गुरुकुलका अच्यूत प्रपन्नाचार्य,परिषदाका महामन्त्री डा वाशुदेव कृष्ण शास्त्री, गुरुकुल अभियन्ता डा दिप कोइराला र आचार्य चकपाणी नेपालले संस्कृति भाषा धार्मिक नभएर विश्वका सबै भाषाको जननी रहेको प्रष्ट पार्नु भयो ।
पुस १० गतेदेखि सञ्चालित संस्कृति भाषा प्रशिक्षणामा मुलुकभरीका विभिन्न गुरुकुलमा अध्ययनरत तीन सय जना विद्यार्थीहरुलाई  एक सय प्राध्यापकहरुले प्रशिक्षण दिनु भएको थियो । सोही अवसरमा विराटनगर ११ वुंदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरिएको छ। 
प्रदेश प्रमुख खापुङ्गले आचार्य गौरव सम्मानबाट सात जना र संस्कृत युवा गौरववाट सात जनालाई नगद सहित सम्मान गर्नु भयो । प्रदेश नं १ मा गुरुकुल शिक्षामा चार हजार ५०० जना अध्ययनरत रहेका छन।
प्रशिक्षणबाट ४० जना संस्कृत भाषाका प्रशिक्षक उत्पादन भएका छन् उनीहरुले आगामी दिने विभिन्न प्रदेशमा प्रशिक्षण दिने सोही अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *