६ असोज,
कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी –तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक ९ घण्टा यातायात बन्द गरिएको छ । सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको हो ।
सदरमुकाम खाँदबारी-तुम्लिङटार सभाखोला सडकखण्डको कालोपत्रे सडक चौडा गर्न दैनिक ९ घण्टा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो ।
खाँदबारी देखि सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो ।
कार्यालयले बिहान १२ बजेदेखि १ बजे सम्म र साँझ ६ बजे देखि ८ बजेसम्म सवारी साधन सञ्चालन खुल्ला गरिने जनाएको छ । समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।