बजेट र भौतिक संरचनाले मात्रै शैक्षिक सुधार हुँदैन ःमेयर कोइराला

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बजेट र भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तरमा सुधार नआउने धारणा राख्नुभएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआई)ले मंगलबार विराटनगरमा आयोजना गरेको शिक्षामा लगानी विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षाको गुणस्तर वृद्धिका दक्ष र अनुभवी शिक्षक तथा कुशल व्यवस्थापक जरुरी रहेको बताउनुभयो । उहाले शिक्षाको गुणस्तर वृद्धिका लागि दक्ष शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक पनि गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक गुणस्तर वृद्धिमा महानगरले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । “बजेटसँगै भौतिक संरचना पर्याप्त हुँदाहुँदै पनि अधिकांश विद्यालयको गुणस्तरमा सुधार आउन सकेको छैन,” उहाले भन्नुभयो, “यसको पछाडि विद्यालयमा हुने राजनीतिकरणका साथै आफ्नो जिम्मेवारीप्रति शिक्षकहरु गम्भीर नहुँदा शैक्षिक सुधार हुन नसकेको हो भन्ने लाग्छ ।” महानगरले चालु आर्थिक वर्षका लागि कुल बजेटको ९ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको उहाले वताउनुभयो । जुन भौतिक पूर्वाधारपछि सबैभन्दा बढी हो ।
कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेल, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा, बुद्धिजीवी दिनेश श्रेष्ठ, शिक्षासेवी वुदु खतिवडा, खेमराज भट्टराई, त्रिलोक न्यौपाने, आयोजक संस्थाका संयोजक विनोद भण्डारीलगायतले महानगरको शैक्षिक सुधारका लागि आ–आफ्ना सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *