कोभिड नियन्त्रण रोकथामका लागी मोरङमा सचेतना अभियान

मोरङ,
कोभिड–१९ को नयाँ स्वरुप छिमेकी देशहरुमा देखा पर्न थालेपछि यसको नियन्त्रण,रोकथामका लागी मोरङ जिल्लामा सचेतना अभियान शुरु गर्न थालिएको छ ।
मोरङ जिल्ला समन्वय समितिको वैठकले सार्वजनिक यातायातका साधन तथा भिडभाड हुने स्थानहरुमा स्वास्थ्य मापदण्ड अपनाउने , भौतिक दुरीको पालना अनिवार्य गराउने,व्यक्तिगत सरसफाई लगायतको जानकारी स्थान तहमार्फत प्रचार प्रसार गर्ने, नेपाल पत्रकार महासङ्घमार्फत सन्देशमुलुक सामाग्रीको प्रचार प्रसारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यसैगरी मोरङ जिल्लाको नेपाल भारतको सिमा नाकामा निगरानी वढाउने,संकास्पद व्यक्तिहरुको ट्रयास, टेष्ट र ट्रिट गर्ने पद्धति स्थानीय तह र स्वास्थ्य निकायमार्फत गराउन क्रियाशिल बनाउने, जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने र कोभिड खोप लिन छुटेका र वुष्टर डोज लिन बाँकी नागरिकहरुलाई खोपको व्यवस्था गर्ने जस्ता निर्णय भएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले वताउनुभयो ।
सो अवसरमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्वर राईले स्थानीय तहले आफ्नो नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल भई कोभिड प्रकोप फैलन नदिने कार्य गर्र्नु पर्नेमा जोड दिनु भयो ।
निमित्त प्रजिअ पोखरेलले सम्पूर्ण कार्यालयमा सेवाग्राहीहरुलाई मास्क, सावुनपानीले हात धुने , सेनिटाइजरको व्यवस्थाको लागि निर्देशन दिने जानकारी दिनु भयो ।
वैठकमा भैरव गण थलहाका प्रमुख सेनानी अमृत थापा मगर,सशस्त्र प्रहरी बल नेपाल नं ३ गणका नायव उपरीक्षक सुमन पोखरेल,जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की , राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख अनुसन्धान अधिकृत हिरा भट्टराई र गैरसरकारी महासङ्घका उपाध्यक्ष विष्णु पन्त , विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले कार्यालयमा स्वास्थ्य मापदण्ड अपनाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *