कुमोद अधिकारी
२८ फागुन,
विराटनगर ÷नेपालभाषा, कला र संस्कृतिको संरक्षणतथाप्रवद्र्धनमा सक्रियभूमिका खेल्दै आउनु भएका मध्यपुर ठिमीस्थि तदबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित हुनु भएको छ ।
नेपालभाषातथा सांस्कृतिक संघ ‘झीपुचः’विराटनगरले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा लाछिलाई दुई लाख रुपैयाँ राशिसहितउक्त सम्मान प्रदान गरिएको हो ।
समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाकी धर्मपत्नीकपिलाश्रेष्ठको नाममा स्थापनागरिएको ‘सुदर्शन–कपिलाट्रष्ट’मार्फत प्रदानगरिने यो सम्मान नेपालभाषा, कला र संस्कृतिको संरक्षणमाउल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई प्रदानगरिँदै आएको छ।
कोशीप्रदेश सरकारक ापर्यटन, वनतथा वातावरण मन्त्री भीम पराजुलीले दोसल्लाओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदानगर्दै नेपाल भाषा तथा कलाक्षेत्रमा लाछिको योगदानको प्रशंसा गर्नुभयो ।
मन्त्री पराजुलीले नेपालबहुजातीय, बहुभाषिक र बहुसांस्कृतिकविशेषताबोकेको देश भएको उल्लेख गर्दै विभिन्नजातजातिको भाषा, संस्कृति, कला र परम्पराले नेपालको पहिचानलाई समृद्ध बनाएको बताउनुभयो ।
‘नेपाल सांस्कृतिक दृष्टिले विश्वमै समृद्ध मुलुकहो,’उहाले भन्नुभयो , ‘यस्ता मौलिकभाषा, कला र संस्कृतिको संरक्षणतथाप्रवद्र्धनमा सरकारी तथा सामाजिक संस्थाहरूले अझ सक्रियभूमिका खेल्न आवश्यक छ।’
झीपुचःकाअध्यक्ष शरद श्रेष्ठले गणेशरामलाछिले नेपालभाषा, नेवारी कलातथा सांस्कृतिक परम्पराको संरक्षणमादीर्घकालदेखि निरन्तर योगदानदिँदै आएकाले उहालाई सम्मान गरिएको जानकारी दिनुभयो ।
‘सुदर्शन–कपिला सिरपा’ सम्मान हरेक दुई वर्षमा एकपटक प्रदानगरिने व्यवस्था रहेको छ। ट्रष्टमार्फत प्रदानगरिने यो सम्मानले भाषा, कला, संस्कृति र सांस्कृतिक अभियानमा सक्रियव्यक्तित्वलाई प्रोत्साहन पु¥याउने अपेक्षागरिएको छ।
यसअघि उक्त सम्मानवरिष्ठ संस्कृतिविद सत्यमोहनजोशी, भारतको सिक्किमस्थित नेवार गुठीतथापोखरास्थित नेवाखलकास्कीलाई प्रदानगरिएको थियो।
कर्यक्रममा दबुली नेपालकाअध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झीपुचःका संरक्षक राजनश्रेष्ठ, संस्थाकापूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ , भविस कुमार श्रेष्ठ, सुदर्शन–कपिलाट्रष्टका प्रवक्ता समेत रहेका झीपुचःका वरिष्ठउपाध्यक्ष सुरेशलाल श्रेष्ठलगायतले नेपालको मौलिकभाषा, संस्कृति र परम्पराको संरक्षणकालागि संघीय, प्रदेश र स्थानीयतहका सरकारले समन्वयात्मक रूपमाकामगर्नुपर्नेमाजोड दिनुभयो ।
कार्यक्रममा लेखक दिनेश श्रेष्ठसहितको सम्पादनमातयार गरिएको स्मारिकाको विमोचनसमेत गरिएको थियो। उक्त स्मारिकामा नेपालभाषा, नेवारी संस्कृति, कला र परम्परासम्बन्धीविभिन्न अनुसन्धानात्मकतथासिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ।
नेपाल भाषातथा सांस्कृतिक संघ झीपुचः विराटनगरले विगतदेखि नै नेवारी भाषा, कला, संस्कृतितथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनकालागिविभिन्नकार्यक्रम सञ्चालनगर्दै आएको छ। संघले सांस्कृतिक सम्मान, साहित्यिकगोष्ठी, सांस्कृतिक प्रस्तुतितथा स्मारिकाप्रकाशनजस्तागतिविधिमार्फत नेपालभाषा र नेवारी संस्कृतिलाई राष्ट्रियस्तरमा परिचित गराउने प्रयास गर्दै आएको जनाएको छ।