युवाकवि नवोदितसहित चारजना‘व्यथितकाव्य सम्मान’बाट विभूषितहुँदै

कुमोद अधिकारी
२८ फागुन,
विराटनगर । साहित्यिकपत्रकार संघले यस वर्षको ‘व्यथितकाव्य सम्मान–२०८२’ तथा ‘व्यथितकाव्यडायस्पोरा सम्मान–२०८२’ प्राप्तगर्ने स्रष्टाहरूको घोषणा गरेको छ।
विगतचार दशकभन्दालामो समयदेखि समर्पणगरिँदै आएको उक्त सम्मानलाई नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित सम्मानका रुपमालिने गरिएको छ ।
संघले जारी गरेको विज्ञप्तिअनुसार ‘व्यथितकाव्य सम्मान–२०८२’बाटकविविमलातुम्खेवा र कविएवं पत्रकार मीनकुमार नवोदितलाई सम्मानितगरिने भएको छ। त्यस्तै ‘व्यथितकाव्यडायस्पोरा सम्मान–२०८२’बाटकविलालगोपाल सुवेदी र अमेरिकानिवासीकविदीपा राई पुन सम्मानितहुने भएकाछन्।
वरिष्ठकवितथा समालोचकप्रमोद प्रधानको संयोजकत्वमागठनभएको सिफारिस समितिको सिफारिसकाआधारमा संघकाअध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्तनिर्णय गरेको संघले जनाएको छ। समितिमाअग्रजसाहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्यथिए।
कविविमलातुम्खेवाका ‘विमलातुम्खेवाकाकविताहरू’, ‘नदीछाल र तरङ्गहरू’, ‘संस्मरण ः एउटाबूढो रुखको’ र ‘हत्केलामा पृथ्वीलिएर उभिएको मान्छे’ लगायत कृतिहरू प्रकाशितछन्। उनले नेपाल–बेलायतप्रतिभा राष्ट्रिय पुरस्कार, अमर नेम्वाङ स्मृति राष्ट्रियप्रतिभा पुरस्कार, गुञ्जन राष्ट्रियप्रतिभा पुरस्कार, विश्वप्रतिभायुवा पुरस्कार र नेपाल सरकारद्वारा प्रदानगरिने राष्ट्रियप्रतिभा पुरस्कारलगायतविभिन्न सम्मानप्राप्तगरिसकेकीछन्।
त्यस्तै कविमीनकुमार नवोदितका ‘फूलबारीभित्रकाभमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’लगायतआधादर्जन कृतिहरू प्रकाशितछन्। उनले युवावर्ष मोती पुरस्कार–२०७७, भानु पदक, डा. नरेन्द्र चापागाईं स्मृतियुवा साहित्य पुरस्कार–२०७१, चितवन साहित्य परिषद्को साहित्य पुरस्कार–२०७९, युवा साहित्य पुरस्कार–२०७४, नवरंग साहित्यप्रतिष्ठानझापाको साहित्य सम्मान, उत्कृष्टयुवा साहित्य सम्मान–२०७६, दक्षिणएशियालीमकालु प्लाटिनमजुबिलीयुवा साहित्य सम्मान(संखुवासभा)लगायतकादुई दर्जनभन्दाबढी सम्मान र पुरस्कार प्राप्त गरेकाछन्।विराटनगरमा बसेर नवोदितविगतदुई दशकभन्दालामो समयदेखि पत्रकारितासँगै साहित्य लेखनमा सक्रियछन् ।
डायस्पोरा सम्मानकालागिचयनभएकाकविलालगोपाल सुवेदीका ‘फूलको देशमा’, ‘छायालाई मायानगर्नुहोस्’, ‘अग्निआतङ्क’, ‘बिक्रीमा पृथ्वी’, ‘पानी’, ‘योगमाया र इन्द्रेनी’ र ‘सबाल्टर्न पात’लगायतदर्जनभन्दाबढी कृतिहरू प्रकाशितछन्। उनले युवावर्ष मोती पुरस्कार र राष्ट्रियप्रतिभा पुरस्कारसहितविभिन्न साहित्यिक सम्मानप्राप्त गरेकाछन्।
अमेरिकामाबसोबास गर्दै आएकीकविदीपा राई पुनका ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’, ‘छुटेको बागदाता’, ‘दियोको अन्तिमलप्का’, ‘शरदकापहेँलापातहरू’तथा ‘प्रतिरूप’ (गीतिएल्बम) लगायत कृतिहरू प्रकाशितछन्। उनले प्रवासी नेपाली साहित्यिकप्रतिभा पुरस्कार, अनेसास–रबिनाफाउन्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार, ज्योति साहित्य सम्मान, अनल ज्योति सम्मान, राष्ट्रियनारी सम्मानलगायतविभिन्न पुरस्कार प्राप्तगरिसकेकीछन्।
वि.सं. २०३९ मा स्थापनाभएको ‘व्यथितकाव्य पुरस्कार’ साहित्यिकपत्रकार संघले नेपाली साहित्यमा योगदान पु¥याउने प्रतिभाशालीकविहरूलाई प्रदानगर्दै आएको छ
। यसअघिउक्त सम्मानबाटकविहरू दिनेश अधिकारी, जीवनआचार्य, घनश्यामकँडेल, मेघराजमन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजयबजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ताशर्मा, बुँद राना, नवराजकार्की, विश्वविमोहनश्रेष्ठ, कृष्णबाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहनदुवाल, कृष्णजोशी, डा. राममान तृषित, विमलनिभा, नरेश शाक्य, मधुसूदनगिरी, अनिलकुमार अनल, वसन्तश्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबाबस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशीथापा, डा. दामोदर पुडासैनी, सन्ध्यापहाडी, शेखर ढुङ्गेल, उदयनिरौला, श्रवणमुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिलाजोशी, गीताकार्की र ठाकुर बेलबासे सम्मानितभइसकेकाछन् ।
यसैगरी “व्यथितकाव्यडायस्पोरा सम्मान“बाटकविहरू हेमन्तश्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाशपौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुनज्ञवाली (अमेरिका) र खेमनाथदाहाल सम्मानितभइसकेको अध्यक्ष लेकालीले जानकारी दिए ।
संघकाअध्यक्ष लेकालीकाअनुसार घोषित पुरस्कार आगामी चैत १९ गते काठमाडौंमाविशेष समारोह आयोजना गरेर समर्पणगरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *