कांग्रेस भित्र कुनै मतभेद छैैन–महामन्त्री घिमिरे

कुमोद अधिकारी
माघ, ८
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेल नेपाली कांग्रेस एक जुट भएर आगामी निर्वाचनमा होमिएको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्नुहुदै उहाले नेपाली कांग्रेस भित्र कुनै मतभेद नभएको प्रष्ट पार्नुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टीको उमेदवारलाई जिताउन लागि परेको उहाको भनाई थियो ।
महामन्त्री घिमिरेले फागुन–२१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वार्चित पार्टी सभामपतिको हस्ताक्षरमा पार्टीका नेताहरुले उमेदवारी मनोनयनदर्ता गर्दै चुनावी अभियानमा जुटेको वताउनुभयो ।
उहाल आगामी निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एकसयको हाराहारीमा सिट ल्याउने पार्टीले अनुमान गरेको वताउनुभयो । प्रत्यक्षतर्फ एकसयको हाराहारीमा तथा समानुपातिक तर्फ ३५ लाख वढि भत ल्याउने पार्टीले आकंलन गरेको उहाको भनाई थियो ।
उहाले पार्टीको विशेष महाधिवेशनपाछि पार्टी एउटै लाईनमा उभिएकाले यस्ले पार्टीलाई थप वलियो वनाएको वताउनुभयो ।
एक प्रश्नमा उहाले मुलुकमा उत्तपन्न विषेश परिस्थितिलाई मध्यनजर गर्दै नियमित महाधिवेशन हुन नसकेपछि विधि सम्वद रुपमा पार्टीको विशेष महाधिवेशन भएको प्रष्टपार्दै आगामी एकवर्ष भित्र नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुने वताउनुभयो । आगमी वैसाखमा १५ औ महाधिवेशन गर्न संभव नहुने उहाको भनाई थियो ।
नेपाली कांग्रेसको आगामी प्रधानमन्त्री को हुन्छ भन्ने प्रश्नमा उहाले नवनिर्वाचित पार्टी सभापति गगन थापालाइ भार्वी प्रधानमन्त्रीको रुपमा पार्टीले अघि सार्न वताउनुभयो ।
उहाले नेपाली कांग्रेस सवै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र ल्याउने वताउनुभयो । नेपाली कांग्रेसको तर्फवाट मोरङ क्षेत्र न ४ वाट उमेदवारी दिनु भएका माहामन्त्री घिमिरेले आफनो क्षेत्रमा केहि दिनमै चुनावी अभियान संचालन गर्न लागेको समेत जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *