नेपाली कांग्रैसका नेता कोेइरालाद्धारा मोरङ क्षेत्र न ६ वाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता

कुमोद अधिकारी
६ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङको क्षेत्र न ६ वाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
फागुन–२१ ग्ते हुन लागेको प्रतिनिधिसभा सदस्य पदका लागि विराटनगर स्थित निर्वाचन अधिकृतको कार्यालमा पुगेर उहाले आज उमेदवारी दर्ता गराउनु भएको हो । पार्टीका नेतातथा कार्यकर्ता तथा समर्थन सहित उहा उमेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो ।
यस अघिपनि सोही क्षेत्रवाट प्रतिनिधिसभा सदस्य पद्मा उाले निर्वाचित भइ सक्नु भएको छ ।


उमेदवारी दर्ता पछि संचारकर्मी संग सक्षिप्त कुरागदै उहाले नेपाली कांग्रेस एक ढिक्क भएर प्रतिनिधिसभाको निर्वाचनमा होमिएको वताउनुभयो । नेपाली कांग्रेसमा टिकट पाउने सवै सार्थीहरुको पार्टीमा ठुलो योगदान रहेको चर्चागर्नुहुदै उहाले पार्टी भित्रका कुनैप्रकारको असन्तुष्टि नरहेको प्रष्ट पार्नुभयो । आफनो निर्वाचन क्षेत्रका सवै प्रतिस्पर्धी सवै प्रकारले योग्य रहेको उहाको भनाई थियो


नेता काइरालाले अवको प्राथमिक्ता स्वास्थ्य , सिक्षा पुर्वाधार , खानेपानी जस्ता विकास निमार्णका कार्यलाई अगडी वढउदै मुलुकमा समवृद्धि कायमगर्नु रहेको वताउनुभयो । आम नेपाली जनताको भावना अनुसार विकास निमाणका कामलाइृ अघि वढाउनु उहाले वताउनुभयो । आफु निर्वार्चित भएर गएपछि मुलुकको आर्थिक ववस्थाका कारण आफनो निर्वाचन क्षेत्रमा धेरै कामगर्न अझपनि वाकि रहेकाले त्यसलाई आगामी दिनमा पुरागर्दै जाने उहाले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *