फागुन–२१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङमा साढे चार हजार वढि निर्वाचन प्रहरी भर्ना गरिने

कुमोद अधिकारी
२५ पुस,
विराटनगर । आगामी फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा साढे चारहजार वढि निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचनमा सुरक्षाको भरपर्दौ व्यवस्था मिलाउन ४ हजार ५ सय ५४ निर्वाचन प्रहरी भर्नाका लागि आज देखी दर्खास्ता आव्हान गरिएको छ ।
जसमध्ये ५ सय ७१ जना सशत्र प्रहरीवल तर्फ र वाकि नेपाल प्रहरीतर्फ निर्वाचन प्रहरी भर्नाका लागी संयुक्त रुपमा दर्खास्त आज्हान खुल्ला गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४ हजार ५ सय ५४ निर्वाचन प्रहरी सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना सहित एकिकृत रुपमा सुरक्षाकर्मी परिचालन हुने एसपी कटुवालले वताउनुभयो ।
निर्वाचन प्रहरीका लागि योग्यता पुगेकाहरुले दर्खास्त फारमका लािग जिल्ला प्रहरी कार्यालय मोरङ र सशत्र प्रहरीवल नेपाल न ३ कंकालिनी गण टंकिसिनवारीमा सम्र्पक राख्नु पर्ने हुन्छ ।
आगामी निर्वाचनमा मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन । त्यसमध्ये पुरुष ३ लाख ९९ हजार ६ सय ८६ र महिला ३ लाख ८३ हजार ३ सय ५७ तथा अन्यमा ७ जना रहेको निार्वाच कार्यालय मोरङका सुचना अधिकारी तिर्थ अधिकारीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *