विराटनगर महानगरको नगरसभाको १७औं अधिवेशन सम्पन्न,वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

कुमोद अधिकारी
२४ पुस,
विराटनगर ÷भदौ २३ र २४ गतेको जेनजीआन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागिविनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
विराटनगरमा आज सम्पन्न भएको महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ कालागिविनियोजित बजेटको २० प्रतिशत रकम कटौतीगर्ने निर्णय गरेको हो ।
जेनजीआन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागतबहाल कर लक्ष्यअनुरुप असुल हुननसक्नुलगायतका कारण प्रक्षेपण गरिएकोभन्दा महानगरको आयन्यूनहुने देखिएको हुँदाचालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निरालाकार्कीले बताउनुभयो । ‘वडास्तरीय बाहेककाविषय क्षेत्रगततथानगरस्तरीय योजना÷कार्यक्रम समायोजन हुनेगरी संशोधित बजेट तथाकार्यक्रम गर्न चाहन्छु,’ सत्रौं अधिवेशनमाउपमेयर कार्कीले प्रस्तुतसंशोधित बजेट तथाकार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आयअनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँअर्थात २८.९३ प्रतिशतमात्रयथार्थ आयहुन सकेको छ । यसैगरी कुलअनुमानितव्यय ४ अर्ब ४० लाखअनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख७५ हजार २ सय ८४ रुपैयाँअर्थात १७दशमलव ९० प्रतिशतमात्रव्ययभएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाउल्लेख छ ।
खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँखर्च भएको छ । प्रशासनिकएवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँखर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँखर्च भएको छ ।
यसैगरी कुलअनुमानितआयमाआन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँमात्रयथार्थ आय संकलनभएको उपमेयर कार्कीले बताउनुभयो । त्यसैगरी राजस्वबाँडफाँडबाट प्राप्त राजस्वबाट १ अर्ब १९ करोड २० लाख ३ हजार अनुमान गरिएकोमा १७ करोड ९० लाख ८ सय १८ रुपैयाँमात्रप्राप्तभएको छ । अन्तरसरकारी वित्तीयहस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १७ करोड ६८ लाखअनुमान गरिएकोमा ६० करोड २३ लाख ९० हजार अनुदान प्राप्तभएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ७ करोड ८५ लाख ९७हजार अनुमान गरिएकोमा २ करोड ३० लाख ३८ हजार ६ सय १० रुपैयाँप्राप्तभएको देखिन्छ । संघसंस्थाअनुदानतर्फ १ करोड ६६ लाखअनुमान गरिएकोमा ८२ लाख ६६ हजार ५ सय ८२ रुपैयाँप्राप्तभएको छ । यसैगरी गतवर्षको मौज्यता १४ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ रहेको छ ।
मेयर नागेश कोइरालाको अध्यक्षतामाभएको अधिवेशनअत्यन्तै मर्यादित र व्यवस्थित रुपमाविराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा सम्पन्नभएको प्रमुखप्रशासकीयअधिकृत योगेन्द्रप्रसाद दुलालले बताउनुभयो ।
सो अवसरमा महानगरपालिकाकामेयर नागेश कोइरालाले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीचको एकता र सहकार्यकै बलमामहानगरले पछिल्ला चार वर्षमा चुनौतीपूर्ण परिस्थितिबीचपनि विकास यात्रालाई निरन्तरता िदएको बताउनुभयो ।
मेयर कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौं संकट र कठिनाइका बीचबिते पनिजनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलितनभएको उल्लेख गर्नुभयो ।
‘यो अवधि छोटो महसुस हुनुको कारण जनप्रतिनिधिहरूबीचको आपसीविश्वास, सहकार्य र एकताहो,’उहाले भन्नुभयो ‘७५३ वटै स्थानीयतहमध्ये विराटनगर जनप्रतिनिधिहरूको सम्बन्ध र सहकार्यका हिसाबले कमजोर छैन, बरु राष्ट्रिय फोरमहरूमायसको प्रशंसा हुने गरेको छ ।’
मेयर कोइरालाकाअनुसार यो सौहार्दपूर्ण सम्बन्धजनप्रतिनिधिमामात्र सीमित नरही वडा तहदेखि महानगरसम्मकाकर्मचारीहरूसँग पनिमजबुत छ, जसले संस्थागत सफलताको आधार तयार गरेको छ । बाँकीकार्यकालमा समेत यही एकता अझमजबुतहुने उहाकोे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *