कुमोद अधिकारी
पुस, १७
विराटनगर । कोशी प्रदेसका मुख्यमन्त्री हिक्मता कुमार कार्कीले फागुन–२१ ग्ते हुने निर्वाचन शान्तीपुर्ण एंव भयरहित वनाउन सरकारले सुरक्षाको वातवरण वनाउनु आवश्यक रहेको वताउनु भएको छ ।
प्रेस चौतारी मोरङघारा विराटनगरमा आज आयोजित शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रमा उहाले कोशी प्रदेसका केहि जिल्लामा निर्वाचनका लागि अझैपनि सुरक्षा चुनौती रहेको वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले हिजो विराटनगरमा आयोजना गरिएको निर्वाचन लक्षित कोशी प्रदेस स्तरिय सुरक्षा गोष्ठिमा केहि जिल्लामा अझैपनि निर्वाचनका लागि सुरक्षा चुनौती रहेको कुरा जानकारीमा आएकाले निर्वाचनका लागि सहज वातावरण वनाउनु आवश्यक रहेको प्रष्ट पार्नुभयो ।
नेकपा एमालेका सचिव समेत रहनु भएका मुख्यमन्त्र िकार्कीले निर्वाचनवाट आफनो पछि नहटने वताउदै तर निर्वाचनमा सवैदलले निर्वाद रुपमाले भागलिने उपयुक्त वातावरण वनाउनु पर्ने वताउनुभयो ।
संसद पुर्नस्थापनाको माग र निर्वाचनको तयारीलाई आफनो पार्टीले संगै अघि वढाएको उहाको भनाई थियो । मुख्यमन्त्री कार्कीले संसंद पुर्नस्थापना गरेर संविधान संशोधन गर्दै निर्वाचन प्रणालीमा सुधार गरेर निर्वाचनमा जादा मुलुकमा राजनितिक स्थाईत्व कायम हुने वताउनुभयो ।
सो अवसरमा शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार वाट उदयपुरका पत्रकार रेणु पराजुलीलाई नगद सहित सम्मान गरिएको थियो । सो पुरस्कारको राषि २१ ह्जार रुपैया रहेको छ ।
सो अवसरमा नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा मोरङ जिल्लावाट निर्वाचित भएका पार्टीका केन्द्रिय सदस्य हरुलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रम प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।