भौतिक पुर्वाधार विकास मन्त्रालय द्धारा वङशिलालाघाट स्थित सुनकोशी नदीमा बेलिब्रिज जडान हुदै

कुमोद अधिकारी
पुष, ११
विराटनगर । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने वङशिलालाघाट स्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानका लागि धमाधम काम भइरहेको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालय कोशी प्रदेसले उदयपुरको चोदण्डीगढि नगरपालिका–१ तथा खोटाङ जिल्लाको वराहपोखरी गाउपालिका–५ को विचमापर्ने वङशिलाघाटको सुनकोशी नदीको झुलुगेंपुल नजिक वेलिव्रिज जडानगर्न लागेको हो ।
५७ लाख रुपैयाको लागतमा सो ठाउमा पहिलो चोटी निमार्ण हुन लागेको वेलिव्रिजको लम्वाई ५८ दशमलव ८१ मिटर रहेको छ । चार दशमलव एक मिटर चौडाई रहेको सिंगल लेनको वेलिव्रिज े निमार्णको ठेक्का श्री गुरुकुल विल्डर एण्ड सप्लार्यस रौताहटले पाएको छ ।
खेटाङ जिल्लालाई पूर्वी तराईका जिल्लासँग जोडदै सिधा यातायात सञ्चालनमा ल्याउने गरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यसै महिना भित्रै संचालनमा ल्याउनेगरि काम भईरहेको कोशी प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री एंव स्वास्थ्यमन्त्री भुपेन्द्र राईले वताउनुभयो ।
बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलय खोटाङलाई हस्तान्तरण गरेपछि वेलिव्रिज जडान कार्य तिव्र गतीमा भइरहेको मन्त्री राईको भनाई छ ।


पुर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बेलिब्रिज जडानको काम सम्पन्न भएपछि दुवै जिल्लालाई जोड्ने र सिधा यातायात सञ्चालनमा आउने वताउनुभयो ।
जेठको पहिलो हप्तासम्म संचालनमा आउने वेलिव्रिज त्यसपछि नदीमा पानीको वहाव वढेपछि त्यसलाई निकालेर राख्ने र अर्को वर्ष फेरी जडान गरिने छ ।
भौतिक पुर्वाधर विकास मन्त्रालय अनतर्गतको सो कार्यालयले पुषको पहिलो सातामै संचालन ल्याउर्ने गरि वेलिव्रिजन जडानका लागि ठेक्का लगाएको थियो ।
वेलिव्रिज जडानका लागि खोटाङ जिल्ला तर्फभने सवै काम सम्पन्न भइसकेको सकेको छ । उदयपुर जिल्ला तर्फभने त्याहाका स्थानियहरुले केहि अवरोध सृजना गरेपछि समयमा काम सम्पन्न हुन नसकेको कार्यालय प्रमुख दाहालको भनाई छ । मन्त्रालयले स्थायिनवासी संग समस्या समाधानका लागि वार्ता र छलफल गरेपछि अहिले दु्रत गतिमा काम भइरहेको छ ।
मन्त्रालयले लामो समयदेखि झुलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका खोटाङ जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन्।


वङशिलाघाटमा संघिय सरकारले मोटरेबल पक्की पुल निर्माण शुरु गरेपनि पुलको कामले गति लिन नसकेको र त्यसलाई पुरागर्न प्रदेस सरकार संग आवश्यक वजेट समेत नरहेको तथा त्याहा रहेको झुलुंगेपुलको अवस्थापनि जिर्ण रहेकाले सवारी साधनको आवतजावतमा सहजताका लागि बेलिब्रिज जडानगर्न लागिएको मन्त्री राईको भनाई छ । बेलिब्रिज जडानका लागि मन्त्रालयले आफनै बजेट उपलब्ध गराएको उहाले वताउनुभयो ।
यसैगरि सो मन्त्रालयले सुनकोशी नदी संग जोडिएको खोटाङको वुवा खोलामा यस अघि मोटरेवुल पुल निमार्णगरि संचालनमा ल्याई सकेको छ । कोशी प्रदेस सरकारले निमार्ण गरेको अहिले सम्मकै सवैभन्दा लामो सो पुल निमार्ण सम्पन्नका लागि तोकिएको मितिभन्दा एकवर्ष अगावै सम्पन्न भएको थियो ।
प्रदेस सरकार अन्तर्गतको भौतिक पुर्वाधार विकास मन्त्रालयले आवश्यकता अनुसार पुल निमार्ण संगै वेलिव्रिजको जडान कार्यलाई तिव्रता दिएपछि मन्त्रालयको काम देखेर सो क्षेत्रका वासिन्दा खुशी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *