कुमोद अधिकारी
९ पुष,
विराटनगर ÷क्षयरोगमुक्तअभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालनभइरहेको ‘क्षयरोग मुक्तपालिकाकार्यक्रम’अन्तर्गत सक्रियक्षयरोग खोजपडताल शिविर सम्पन्नभएको छ ।
महानगरपालिकाको आयोजनामा स्वास्थ्यकार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायकाव्यक्तिहरूको आधुनिक प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो । एआई प्रविधि जडित एक्स–रे र खकार परीक्षणमार्फत स्क्रिनिङ गर्दा कुल७९४ जनाको एक्स–रे गरिएको र १५० जनाको खकार संकलन गरी थप परीक्षणका लागि पठाइएको महानगरपालिकाले जनाएको छ ।
स्वास्थ्य संयोजक डा. दिलिपकुमार यादवकाअनुसार स्क्रिनिङको क्रममा ५ जनानयाँक्षयरोगी (पीसीडी) पहिचानभएका छन् । पहिचानभएका बिरामीलाई तत्कालउपचार प्रक्रियामा समावेश गरी स्वास्थ्यकर्मीको प्रत्यक्षनिगरानीमाऔषधिखुवाइने डट्स प्रणालीअनुसार उपचार सुरु गरिएको छ ।
शिविर सञ्चालनमामहानगरपालिकाको स्वास्थ्यमहाशाखा, क्षयरोग कार्यक्रम संयोजक, सम्बन्धित वडाका आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथामहिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागिता रहेको थियो ।
यसैबीच, विराटनगर महानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत योगेन्द्रप्रसाद दुलाल र लेखाअधिकृत सञ्जिबकुमार भट्टराईले शिविरको अनुगमनगर्दै कार्यक्रमलाई प्रभावकारी बनाउनआवश्यकनिर्देशनदिएकाथिए ।
महानगरपालिकाले यस्ता लक्षितखोजपडताल कार्यक्रमले लुकेकाक्षयरोगीपहिचान गर्न, समयमै उपचार सुरु गर्न र क्षयरोग उन्मूलनको राष्ट्रिय लक्ष्यतर्फ योगदानपुग्ने विश्वास व्यक्त गरेको छ ।