शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी प्रतिवद्ध–डिआईजी घिमिरे

कुमोद अधिकारी
२६ मङसिर
कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी विनोद घिमिरेले फागुन–२१ ग्ते हुने निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको वताउनु भएको छ ।
कोशी प्रदेश प्रहरीको प्रमुख भएर आएपछि विहिवार आयोजित पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उहाले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु आफनु पहिलो प्राथमिक्ता रहेको प्रष्ट पार्नुभयो ।
अहिलेको अवस्थामा शान्तीपुर्ण रुपमाले निर्वाचन सम्पन्न गराउनु प्रहरीको मुख्य उदेश्य रहेकाले निर्वाचनका लागि शान्ती सुरक्षाको वातावरण वनाउन प्रहरी सक्रिय भएर लागेको उहाको भनाई थियो ।
कोशी प्रदेसका १४ वटै जिल्लामा पुगेर त्याहाका राजनितिकदल तथा नागरिक समाजसंग छलफल गर्दै निर्वाचनका लागि सहज वातवारण वनाउने कार्यमा आफु लागेको उहाको भनाई थियो ।
उहाले विगतमा जस्तो सशत्र समुहले निर्वाचन विथोल्ने र वहिष्कार गर्ने संभावन नरहेको र सवैदलले निर्वाचनमाा सहभागि हुने प्रतिवद्धता जनाई सकेकाल अवस्थामा निर्वाचनका लागि कुनै प्रकारको सुरक्षा चुनौती समेत नरहेको प्रष्ट पार्नुभयो । यधपी निर्वाचनमा हुन सक्ने संभावित खतरा रोक्न सोही अनुसार प्रहरी परिचालन भएकाले उहाको भनाई थियो ।
एक पश्नमा उहाले सीटी सफारीलाई व्यवस्थित गर्नेबारे कोशी प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो । सीटी सफारीका कारण सडक अस्तव्यस्त भएका स्थानमा ‘सुरक्षित चालक’ अभियान चलाउन लागेको उहाको भनाई थियो ।
डिआईजी घिमिरेले सीटी सफारी चालकले सफारी सञ्चालनको सवै मापदण्ड पुरा गरेपछि ‘सुरक्षित चालक’ लेखिएको भेष्ट दिइने र सोही भेष्ट लगाएकाहरुले सञ्चालन गरेको सीटीमा मात्र यात्रा गर्न सर्वसाधारणहरुलाई आग्रह गर्ने वताउनुभयो ।
डिआईजी घिमिरेले ट्राफिक व्यवस्थापन हातबाट गरिनु लज्जाको विषय भएको बताउनुभयो । प्रविधिका माध्यमबाट हुनुपर्ने काम हातबाट गर्नुपरेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनका कारण ट्राफिक लाईटमा क्षतिगर्ने काम गर्नु ठिक नभएको उहाँको भनाई छ
जेनजी आन्दोलनका क्रममा घुसपैठ गरि चोरी, लुटपाट र आजगजीमा संलग्नहरुलाई पक्राउ गरिछाड्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । डिआईजी घिमिरेले भन्नुभयो,‘ जेनजी आन्दोलनका समयमा आपराधिक कार्यमा संलग्नहरु विरुद्ध उजुरी दिने समय ६ महिना मात्र रहेकाले छिटो उजुरी दिन आग्रह गर्दछु ।’

डिआईजी घिमिरेले गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रहरीको मनोवल नघटेको उहाले वताउनुभयो । कोशी प्रदेशको नेतृत्व सम्हालेपछि विभिन्न जिल्लाहरुमा पुग्दा प्रहरीको मनोवल उच्च पाएको उहाको भनाई थियो ।
जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीवन्दी धमाधम पक्राउ परिरहेको उहाको भनाई थियो । फरार कैदीवन्दी लाई पक्राउ गर्न प्रहरीले अभियान नै चलाएको डिआईजी घिमिरेको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *