ब्राइट भिजन ल कलेजमा नमुना अदालत प्रतियोगिता सम्पन्न,

कुमोद अधिकारी
१४ साउन,
विराटनगर । नवजात शिशुको हत्या आरोपमा गोग्राह अदालतमा मुद्धाको बहश भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरुले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन् ।
पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरुले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दावी गर्छन् । उनीहरुको दावीमा न्याय मूर्ति अर्थात न्यायाधीशहरुले बेला–बेला प्रश्न गर्छन्रु तपाईको दावीको तथ्य के हो रु त्यसको जवाफ पैरवी गरिरहेका वकिलहरुले दिने प्रयास गर्छन् ।
वादी–प्रतिवादीको बहस चलिरहँदा न्यायालय पुगेका सरोकारवाला वादी प्रतिवादीका पक्षधर र कानुनका विद्यार्थी स्तब्ध हुन्छन् । फैसला कसको पक्षमा आउने हो रु सबै अनुत्तरित र जिज्ञासु भएर बसेका छन् । बहस ३ घण्टा २० मिनेट चल्छ । जहाँ वादीका तर्फबाट ४ र प्रतिवादीका तर्फबाट ४ जनाले बहस गर्छन् ।
अन्ततः फैसला प्रतिवादीको पक्षमा आउँछ । यो फैसलाले भने पीडितलाई राहत दिएको हैन कि अभ्यास अदालतमा उत्कृष्ट प्रस्तुति गर्नेका पक्षमा न्याय गरेको हो । विराटनगर उच्च अदालतका न्यायाधिश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्ति राम भण्डारी न्यायाधिश बनेर निर्णायकको भूमिका रहनु भएको मूट कोर्टको नतिजा हो । जहाँ विभिन्न चरण पार गरेर फाइनल स्पर्धामा उत्रिएका दुई समूह बिचको प्रतिष्पर्धा थियो ।
विराटनगर– ५ स्थित ब्राइट भिजन ल क्याम्पसले आयोजना गरेको प्रथम मूट कोर्ट प्रतियोगिताको फाइनल स्पर्धामा आज (बुधबार )विभिन्न १८ वटा समूहबाट विभिन्न चरण पार गर्दै आएका दुई समूह थिए । जहाँ उनीहरुले व्यवहारिक रुपमा आफूलाई अब्बल सावित गर्नुपर्ने थियो । त्यस प्रतिस्पर्धालाई नजिकबाट नियाल्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराई सहित न्याय क्षेत्रका हस्तिहरुको उपस्थिती थियो ।
विद्यार्थीहरूमा न्यायिक प्रकृया, तर्क गर्ने क्षमता र कानूनको व्यवहारिक ज्ञान दिलाउने लक्ष्य लिएर प्रतियोगिता आयोजना गरिएको ब्राइट भिजन ल क्याम्पसका प्रिन्सिपल रहनुभएका कोशी प्रदेशका पूर्व न्यायधिवक्ता चुडामणि आचार्यले बताउनुभयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानले मात्र पूर्णता नहुने ठहर गरेरै ब्यवहारिक रुपमा वास्तविकता झल्किने गरि अभ्यास अदालतको कार्यक्रम राखिएको बताउनुभयो ।
प्रतियोगितामा पहिलो चरणमा १८ समूहले भाग लिएका थिए । त्यसबाट छनौट भएका ८ समूहले दोस्रो चरणमा प्रतिष्पर्धा गरे । त्यसबाट ४ समूह सेमिफाइनलमा पुगेको थियो भने त्यहाँबाट छनौट भएको दुई समूहको आज फाइनल भएको हो ।
फाइनल स्पर्धाबाट प्रतिवादीको पक्षमा बहस गर्ने लोकेश धाडेवा, आकृति खनाल, र मनिष सिग्देलको समूहले प्रथम स्थान हासिल गर्दै ‘मेमोरियल पुरस्कार’ प्राप्त गर्यो । दित्तिय अर्थात फस्र्ट रनर अप को उपाधि वादीको पक्षमा बहस गर्ने रञ्जना घिमिरे, कृतिका भट्टराई, अनुशा आचार्य, र अमृता कटवालको समूहले प्राप्त गर्यो ।
यस्तै अबिशा निरौला, प्रशान्त ढकाल र आयुषा राई तथा परिष्कृत सापकोटाको समूह तेस्रो भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । वेस्ट स्पिकरको उपाधी अबिशा निरौलाले प्राप्त गरिन् ।
मोफसलकै पहिलो कानुन अध्यापन गराउने कलेजका रुपमा स्थापित यस कलेजले १४ औं ब्याच उत्तिर्ण गराइसकेको छ । जहाँ हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको कलेज प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *