विराटनगर, साउन १५
विराटनगरको वरगाछी तथा कंचनवारीमा जडान गरिएको ट्राफिक लाइट अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।
दुई दिनदेखि ट्राफिकलाइट अवरुद्ध हुँदा विराटनगरबाट इटहरी तर्फ जाने आउने सवारी साधन व्यवस्थापनमा समस्या भएको हो । लाइट अवरुद्ध हुँदा सवारी साधन ब्यवस्थापन मात्र नभएर पैदल यात्रुहरुलाई बाटो काट्न समेत समस्या भइरहेको छ ।
बढदो सवारी साधनको चाप र हाइस्पिडका कारण बाटो काटन समस्या हुने गरेको स्थानियको गुनासो छ । कंचनवारी र बरगाछी चौकको बाटो चारैतिर आवत जावत गर्ने चौतर्फी बाटो भएकाले सवारीसाधनको घुँइचो लाग्ने गरेकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक उमेश फुयाँलले बरगाछी क्षेत्रमा खानेपानीको पाइप विस्तारको काम भइरहेकाले ट्राफिक लाइट बन्द गर्नु परेको ताउनुभयो । उहाले शुक्रवार देखी सो क्षेत्रका लाइट संचालनमा आउने बताउनुभयो ।