विगतका वर्ष जस्तै योवर्षपनि आयोजना हुने कावर यात्रा–२०८२ को तयारी तिव्र,

कुमोद अधिकारी
१४ साउन,
विराटनगर । विगतका वर्ष जस्तै योवर्षपनि विराटनगर–८ स्थित भगवतीथान वटकेश्वर महादेव मन्दिरको आयोजनामा कावर यात्रा–२०८२ आयोजना हुने भएको छ ।
साउन–१९ गते अर्थात आउदो सोमवार मन्दिर परिसरवाट निस्कने कावरयात्राले विराटनगरको वरगाछीमा रहेको वासुकीनाथ महादेव मन्दिरमा पुगेर विधि पुर्वक जल अपर्णगर्ने कार्यक्रम रहेको र सो धार्मिक यात्रामा एकहजार भन्दा वढि भक्तजन सहभागी हुने मन्दिर समितिका अध्यक्ष राघव सहनीले वताउनुभयो ।
हरेकवर्षको साउन महिनामा आयोजना हुने धार्मिकयात्रामा सहभागी भक्तजन, वाजागाज झाकी सहित पैदल हिडेर वासुकीनाथको मन्दिरमा पुगेर जल चढाउने गर्दछन ।
मोरङ क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल प्रमुख आतिथि तथा मोरङ क्षेत्र न ४ ख का कोशी प्रदेससभा सदस्य भिम पराजुली विशिष्ट अतिथिको रुपमा कावर यात्रामा सहभागि हुनुहुने कार्यक्रम रहेको मन्दिर समितिले जनाएको छ ।
विहान साढे ८ वजे कावरयात्रा प्रारम्भहुने र महाप्रसाद ग्रहण दिउसो दुई वजे तथा सास्कृतिक झाकी वेलुका साढे चार वजेदेखि शुरु हुने कार्यक्रम रहेको समितिले जनाएको छ ।
विगत ६ वर्षदेखि आयोजना हुदै आएको सो धार्मिक यात्रा सम्पन्न गर्न स्वतस्र्फुत रुपमा भक्तजनले सहयोग गर्दै आएको र योवर्ष पनि भव्य रुपमा यात्रा सफल वनाउनेगरि तयारी भइरहेको जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *