कुमोद अधिकारी
१४ साउन,
विराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफुले कहिलेपनि सरकार परिवर्तन गर्न नखोजेको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मी संग कुराकानी गर्नुहुदै उहाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतका नेताहरूसँगको भेटघाट सामान्य राजनीतिक भेट मात्र भएकाले यो भेटघाटलाई सरकार परिवर्तन गर्ने कुरासंग जोड्न नमिल्ने प्रष्ट पार्नुभयो र
विद्या देवी भण्डारी राष्ट्रपति हुदा वा पुर्व राष्ट्रपति हुदा होस उहालाई जहिले पनि आफुले भेटेको साथै नेपाली कांग्रेस र नेकपा माओवादीको सयुक्त सरकारहुदा आफुले एमाले अध्यक्ष केपी सर्मा ओलीलाई पटक पटक भेटने गरेको प्रसंग उल्लेख गर्दै यस्ता कुरालाई स्वभाविक रुपमा लिनु आग्रह गर्नुभयो ।
नेता कोइरालाले यो सरकार ०८४ सालको चुनाव सम्म जानुपर्छ भन्नुहुदै त्यसका लागि वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गनुपर्नेमा जोड दिनुभयो ।
दुई ठुलादलको सहमतीमा वनेको संयुक्त सरकारले गरेको सात बुँदे सहमति कार्यान्वयन गर्न समेत उहाले आग्रह गर्नुभयो । संविधान संशोधनको कुरा उठेपनि सरकार गठन भएको एकवर्ष पुराहुदा समेत संविधान संशोधन प्रक्रिया अघि नवढेकोमा उहाले चिन्ता व्यक्त गर्नुभयो ।
सुशासनको विषयमा कांग्रेसभित्र आफूले जति अरु कसैले नबोलेको जिकिर गर्दै नेता कोइरालाले राजनितिक गर्ने व्येक्तिमा राजनितिक आचारण नहुने हो भने मुलुक धरापमा पर्ने वताउनुभयो ।
एहाले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुग्ने भन्नुहुदै अहिले यस विषयमा कसैले चिन्ता लिनु नपर्ने वताउनुभयो ।
नेपाली कांग्रेसको महाधिवेशन २०८२ मै हुनुपर्नेमा आफू सो कुरमा अहिलेपनि अडिग रहेको भन्नुहुदै नेता कोइरालाले त्यसमा तलमाथि हुन नहुने वताउनुभयो ।
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किनु राम्रो नहुने धारणा राख्नुहुदै नेता कोइरालाले नेपालको संविधानलो उहाहरुलाई जे गरे पनि हुने भन्ने व्यवस्था गरेकाले कानूनी रूपमा भने उहाहरुलाई रोक्न नमिल्ने बताउनुभयो ।