लोकतान्त्रिक व्यवस्थालाई वलियो वनाउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण –मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
१३ साउन,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्ध नेपाल। सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न पत्रकारिता क्षेत्रको भुमिका महत्वपुर्ण रहने वताउनु भएको छ ।
प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आज आयोजित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई संवोधन गर्नुहुर्दै उहाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सदृढ वनाउनेगरि पत्रकारहरुले कलम चलाउनुपर्ने वताउनुभयो ।
उहाँले कोशी प्रदेश सरकार गर्त आर्थिकवर्ष आन्तरिक राजश्व चार अर्व ८९ करोड रुपैया संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत राजश्व संकलन गर्न सफल भएको र यो अघिल्लो आर्थिक वर्ष भन्दा सात दशमलव पाँच प्रतिशतले वृद्धि भएको जानकारी गराउनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सुशासनका सम्वन्धका विषयमा उठेका प्रश्नहरुको यथाशिघ्र हल गर्दै वेरुजु घटाउने वताउनुभयो । दुई ठुलादल मिलेर वनेको यो सरकारले नागरिकलाई सुशासनको प्रत्याभूति दिने गरि कामगर्दै आएको उहाको भनाई थियो ।
प्रदेश सरकारले ल्याएको प्रदेश संचार प्रतिष्ठान विधेयक प्रदेश सभामा छलफलको क्रममा रहेको जानकारी दिनुहुदै मुख्यमन्त्री कार्कीले प्रदेस संचार प्रतिष्ठान स्थापना भएपछि सञ्चारकर्मीको वृत्ति विकासमा थप मद्त पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरत खड्काले पत्रकारिता क्षेत्रमा गरिने यस्तो सम्मानले पत्रकारलाई कामगर्न थप उर्जा मिल्ने वताउनुभयो ।
प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापा र प्रेस चौतारीका मोरङ इन्चार्ज सुमन सुस्केराले पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न प्राविधिक ज्ञानका तालीम आवश्यक रहेको वताउनुभयो ।
सो अवसरमा जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद १५ हजार रुपैया सहित सम्मान गरिएको थियो ।
सो पुरस्कारवाट यस अघि मोरङमा कार्यक्षेत्रमा बनाई कामगर्दै आएका १७ जना सञ्चारकर्मी सम्मानित भइसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *