प्रदेस आमसंचार विधेयक प्रभावकारी वनाउनुपर्नेमा संचाारकर्मीको जोड,

कुमोद अधिकारी विराटनगर
८ असार
विराटनगर । कोशी प्रदेस आमसन्चार सम्वन्धमा व्यवस्थागर्न वनेको विधेयक आम संचारकर्मीको हितमा हुनुपर्ने कार्यक्रमका सहभागिहरुले जोड दिनु भएको छ ।
प्रदेस आमसंचारको विधेयकको सम्वन्धमा साझा सवालका लागि साझामंचले विराटनगरमा आज आयोजना गरेको छलफल कार्यक्रमा विधेयकको विषयमा संचारकर्मीले विभिन्न सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोशी प्रदेस अध्यक्ष भरत खडकाले, प्रदेसको संरचना वलियो वनाउन स्थानिय मिडियाको प्रवद्धनमा जोड दिदै स्थानिय मिडियालाई उधोगको रुपमा विकासगर्ने गरि आमसचार ऐन ल्याउनुपर्ने वताउनुभयो ।
नेपाल प्रेस युनियन कोशी प्रदेसका सभापति मिनकुमार नवोदित श्रेष्ठले आमसंचार प्रतिष्ठान गठनगर्दै पुर्ण समावेसी हुनेगरि समिति चयनगर्नुपर्ने कुरालाई विधेयकमा संवोधन हुनुपर्ने वताउनुभयो ।
पत्रकार महाप्रसाद खतिवडाले अनलाईन र इ पत्रीकालाई दर्ता गर्नेभन्दा पनि त्यसलाई सो घोषणको रुपमा संचालन गर्न पाउनुपर्ने विषयलाई विधेयकमा समेटन आग्रह गर्नुभयो ।कोशी प्रदेस न्याय प्रसासन तथा विधायन समितिका सभापति कमला दर्नालले आमसंचार ऐन आम संचारकर्मीको हितमा ल्याउने गरि विधेयकका विषयमा सदनमा दफावार छलफल भइृरहेको वताउनुभयो । संदनमा दर्ता भएको विधेयकलाई पुर्णता दिन विधेयकका वुदा वुदामा छलफल भइरहेको उहाको भनाई थियो ।
कोशी प्रदेसका पुर्वमन्त्री सम्शेर राईले लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको आम संचारकर्मीको भवनालाई संवोधनहुने गरि आमसंचार ऐन आउने विश्वास गर्नुभयो ।
सो अवसरमा पत्रकार यज्ञ सर्मा, सन्देसदास श्रेष्ठ, कुमार लुइटेल, सुमन सुस्केरा, मोहन मान्धर, गणेश लमसाल, अरविन्द मेहता तथा तारा आचार्यले विधेयकको वारेमा विभिन्न सुझाव दिनु भएको थियो
आयोजक संस्थाका अध्यक्ष मन्जीता उपाध्यायले आमसंचार विधेयकका विषयमा संचारकर्मीको सुझाव संकलनगर्दै त्यसलाई परिमार्र्जितगर्न सहजहोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार कमल पौडेल तथा अधिवक्ता पोषराज न्यौपानेले गर्नु भएको थियो ।
ससदमा दर्ताभई दफावार छलफलमा रहेको सो विधेयकमा यस अघि नेपाल पत्रकार महासंघ तथा संसदिय पत्रकार मन्चको अगुवाईमा संचारकर्मीसंग भएकोे छलफल कार्यक्रममा विधेयकको ५२ वटा वुदामा संचारकर्मीहले विभिन्न सुझाव दिएपछि विधेयक संसदमा दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *