असार ९ गते । शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै दमक नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको छ ।
जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो ।
नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको पनि थापाले जनाउनुभएको छ । क्यारेमबोर्ड र लुँडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजी खेल्ने गरेको पाइएको पनि छलफलमा कुरा उठेको बताइएको छ ।
बाह्रमासे हिसाबले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर्नेगरी यस प्रकारका खेल खेल्ने र खेलाउने कार्य नरोकिए कार्वाही गरिने पनि नगरप्रमुख थापाले जनाउनुभयो ।