कुमोद अधिकारी
६ असार,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विकास निमार्णका संरचना वनाउदा भएको मानवीय त्रुटीका कारण मनसुनजन्य विपत्तको जोखिम बढीरहेको बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भौतिक संरचना निर्माण गर्दा त्यसबाट आउने समस्यालाई ख्याल नगर्दाको परिणाम मनसुनजन्य विपत्तको जोखिम वढेको वताउनुभयो ।
विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययनमा ध्यान नदिनु तथा जलवायु परिवर्तनलाई हामी आफैँले चुनौति दिईरहेकाले पनि पछिल्लो समयमा मनसुनजन्य विपत्तले प्राकृतिक क्षति, आर्थिक क्षति र मानवीय क्षति पु¥याइरहेको उहाले वताउनुभयो ।
, मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अझै पनि हामीले गम्भिर रुपमा विपत्तलाई लिन सकेनौ भने केही बर्षपछि मनसुनजन्य विपत्तबाट हुने क्षतिलाई रोक्ने सामाथ्र्य संघ, प्रदेस र स्थानिय सरकारसंग समेत नहुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपत्त व्यवस्थापनको लागि गर्नुपर्ने सबै किसिमको तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ ।
मानवीय क्षति, भौतिक क्षति तथा आर्थिक क्षतिलाई रोक्नको लागि कसरी बढी भन्दा बढी सचेतना जगाउँन सकिन्न्छ त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले ,वाढि, पहिरो, आगजानी तथा भुकम्प वाट हुने विपत्त पहिलो चुनौतिको रुपमा देखिएकोले वाटो, पुल तथा भौतिक पुर्वाधार लगायतका संरचना निमार्ण गर्दा विपत्त प्रतिकार्य संरचना खडा गरेर वातावरणिय अवस्थाको अध्यन गर्दै विकास निमार्ण काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले यसले नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई गर्न आग्रह गर्दै सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले वाढी पहिरोले सडक पुलहरु भत्काउदा सरकारको लगानी खेर जाने भएकाले मानवनजीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने कुरामा प्रदेश सरकार गम्भिर रहेको बताउँनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले ५ बर्षे “प्रदेश विपत्त व्यवस्थापन रणनीति कार्ययोजना“ बनाएर काम अघि बढाएको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा मनसुनजन्य विपत्तबाट जोखिममा रहेका र अति जोखिममा रहेका क्षेत्र छुट्याएर काम भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अति जोखिममा रहेका वस्तीलाई हामीले स्थानातरण गर्ने तयारी पनि गरिरहेका छौं ।”
मन्त्रालयका सचिव रामप्रसाद आचार्यले विपद् जोखिम न्युनिकरणका लागि कोशी प्रदेसमा रहेका विपद् जोखिम पुर्ण क्षेत्रको पहिचान गर्दै सोहि अनुरुप प्रदेस सरकारले काम गरिरहेको वताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा पूर्व सचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोली” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने “२०८१ सालको मनसुन चित्रहरुमा” कार्यपत्र डीपीनेटका अध्यक्ष डा. राजु थापाले प्रस्तुत गर्नुभएको थियो ।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरि राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले “संघिय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सो कार्यक्रममा कोशी प्रदेशको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी” विज्ञ राम कुमार दाहाल र यस प्रसाद सुब्बाले प्रस्तुत गर्नुभएको थियो ।