कटहरी गाउपालिकाद्धारा आगामी आर्थिकवर्षका लागि ५८ करोड ९१ लाख ४४ हजार वरावरको वजेट प्रस्तुत

कुमोद अधिकारी
५ असार,
विराटनगर । मोरङको कटहरी गाउपालिकाले आगामी आर्थिकवर्ष २०८२–०८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार वरावरको वजेट प्रस्तुत गरेको छ । गाउपालिकाको आज आयोजित दोश्रो गाउसभाको सातौं अधिवेशनमा वजेट प्रस्तुत गरिएको हो ।
वजेटमा उल्लेख भए अनुसार आयतर्फ आन्तरिक आय १ करोड ८० लाख १८ हजार , अन्तर सरकारी वित्तय हस्तान्तरण ३५ करोड ८५ लाख राजश्व वाडफाडवाट १३ करोड २५ लाख ६० हजार तथा व्ययतर्फ प्रसासनिक तथा संचालन खर्च १६ करोड ५८ लाख, कार्यालय तथा योजना खर्च चालु र पुजीगत ४२ करोड ३२ लाख रुपैया रहेको छ ।
वजेटमा आर्थिक विकास तर्फ ३ करोड २८ लाख ६० हजार,सामाजिक विकासतर्फ ६ करोड ४१ लख ४५ हजार, पुर्वाधार विकासतर्फ १७ करोड ७३ लाख ५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड २८ लाख, संसाथगत विकास तथा सेवाप्रभा र सुशासन तर्फ२ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ । गाउपालिकाका उपाध्यक्ष सितादेवी राजवंशीले वजेट प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरि गाउपालिकाको वार्षिक नीतितथा कार्यक्रम प्रस्तुत गर्नुहुदै पालिकाका अध्यक्ष देवराज चौधरीले, चालु आर्थिकवर्षको वजेटको पुर्ण कार्यान्वयन, आन्तरिक आय तथा वजेटको सहि उपयोग भएकाले आवश्यकता अनुसार आगामी आर्थकवर्षको वजेटको आकार केहि वढेको वताउनुभयो । अरु पालिकामा वजेटको आकार घटने क्रममा भएपनि हाम्रो पाकिलामा विगत तिनवर्षमा भएको विकास निमार्णका कारण वजेटको आकार वढाउनुपर्ने अवस्था आएकाले वजेट कार्यान्वयनमा सवैको सहयोग आवश्यक रहेको उहाले वताउनुभयो ।


कटहरीवासीको आकांंक्षा र आवश्यक्ताहरु असिमित भएतापनि पालिकाको साधनश्रोत भने सिमित रहेको उल्लेख गर्नुहुदै उहाले सिमित साधनश्रोतलाई परिचालनगर्दै अधितम जनसहभागिता, सहकार्य तथा साझेदारीमा विकासका कार्यक्रम संचालन गर्ने कुरालाई वजेटले प्राथमिक्ता दिएको वताउनुभयो । हरेक जाती समुदायको उत्थान र विकाससगै सिक्षा, स्वास्थ्य, कृषि,पर्यटन, पुर्वाधार जस्ता विषयलाई वजेटले महत्व दिएको उहाको भनाई थियो ।
पालिकाका प्रमुख प्रसासकिय अधिकृत तेजिन्द्र गौतमले वजेट कार्यान्वयनपंक्षका विषयमा जानकारी गराउनु भएको थियो ।
गाउपालिकाका उपाध्यक्ष सितादेवी राजवंशीले आगामी आर्थिवर्षको वजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस कटहरी गाउपालिकाका समिति सभापति रामकुमार कामत, नेकपा एमाले कटहरीका अध्यक्ष सुभाष सरदारले वजेट कार्यान्वयनमा जोड दिनु भएको थियो । कार्यक्रममा पालिकाका उत्कृष्ठ कर्मचारीलाई नगद सहित कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *