कुमोद अधिकारी विराटनगर
२१ जेठ
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले १ करोड १० लाख मुल्य वरावरको कृषि उपकरण सामाग्री किसानलाई वितरण गरेको छ वुधवार एक कार्यक्रमका विच सो नगरपालिकाको ५० प्रतिशत अनुदान तथा किसानको ५० प्रतिशत साझेदारीमा कृषि उपकरण वितरण गरेको हो ।
पालिकाको १० वर्टा वडाका १ सय ६० कृषक समुहतथा कृषिफर्मलाई कृषि औजार तथा कृषिउपकरण वितरण गरको हो । पालिकाले कृषिमा प्रयोगहुने १ सय ५० थान च्यापकटर मेशिन, २० थान स्प्रेटेंकी,१ सय १२ थान मकै छोडाउने मेशिन, १ सय ६५ थान मकै रोप्ने मेशिन, वितरण गरेको सो नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत डम्मरु प्रसाद वरालले जानकारी दिनुभयो ।

पालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह तथा पालिकाका प्रमुख प्रसासकिय अधिकृत वरालले किसानहरुलाई उपकरण वितरण गर्नु भएको थियो । पालिकाको कृषि यान्त्रिकरण प्रवद्धन कार्यक्रम अन्तर्गत किसानलाई कृषि उपकरण वितरण गरिएको हो ।
सो पालिकाका अधिकांंस मानिस कृषिमा पेशामा आधारित भएकाले कृषिको व्यवसायीकरण तथा कृषि उत्तपादन वृद्धिगर्न सहज होस भन्ने उदेश्यकले कृषि उपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख सिंहले वताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रम संचालनमा रहेको सो पालिकामा करोडौ मुल्यपर्ने कृषि उपकरण वितरणले कृषिको आधुनिकिकरण तथा यान्त्रिकरणममा सहयोग पुग्ने जनाइएको छ ।