कुमोद अधिकारी
२१ जेठ,,
विराटनगर । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा यहि जेठ २३ र २४ गते स्थानियतहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
महानगरपालिकाले विराटनगरमा आज पत्रकार सम्मेलनगर्दै राष्ट्रिय सम्मेलनमा देशभरीबाट २ सय ९१ स्थानियतहका उप–प्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहने जानकारी गराएको छ ।
स्थानिय तह संचालनका लागि उपप्रमुख तथा उपाध्यक्षको भुमिकालाई थप प्रभावकारी वनाउदै संघियताको सवालमा स्थानियतहले खेल्नुपर्ने भुमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्ने उदेश्यले सम्मेलन आयोजना थर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले , सम्मेलनले जनताको चाहना वमोजिम स्थानिय तह संचालनमा सहयोग पुग्ने भएकाले सम्मेलन सफल वनाउन सवैलाई आग्रह गर्नुभयो । उहाले कतिपय पालिकामा प्रमुख उप–प्रमुख विच समन्वय हुन नसकेको अवस्थामा सम्मेलनले प्रमुख उप–प्रमुख विचको समन्वय र सहकार्यमा मद्त पुग्ने वताउनुभयो ।
महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले, राष्ट्रिय सम्मेलनमा संघियता कार्यान्वयन, स्थानीय सरकार सञ्चालन र न्यायिक समितिले सम्पादन गरिरहेको कामको बारेमा छलफल हुने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले सम्मेलनको महत्वमाथी प्रकास पार्नु भएको थियो ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि बजेट विनियोजन गर्दा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरेका थियो ।
सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च हुने र जसमा १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले उपलब्ध गराउने महागनरपालिकाका प्रमुख कोइरालाले वताउनुभयो ।
विराटनगर स्थित विरेन्द्र सभागृहमा संचालनहुने दुई दिने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महानगरपालिकाका उप–प्रमुख कार्कीले बताउनुभयो ।