नुहाउने अर्गनिक सावुन, झोलसर्फ, फिनेल तथा हार्पिक वनाउने तालीम शुरु,

कुमोद अधिकारी विराटनगर
२१ जेठ,
विराटनगर स्थित हाम्रो प्रयास नामक संस्थाले आज देखी नुहाउने अर्गनिक सावुन, झोलसर्फ, फिनेल तथा हार्पिक वनाउने तालीम शुरु गरेको छ । विराटनगर महानगरपालिका वर्डा न–१ वडा कार्यालयको आर्थिक सहयोगमा सस्ंथाले तालीम शुरु गरेको हो । सात दिने तालीममा सो वर्डाका १५ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालीम उद्घाटन गर्नुहुदै सो वडाका वडा अध्यक्ष काजीवहादुर वस्नेतले तालिम लिई सकेपछि त्यस्को सहि उपयोगगर्न सहभागिहलाई आग्रह गर्नुभयो । तालिम लिएर मात्र हुदैन त्यस्को सहि उपयोग भएनभने तालिमका लागि महानगरले गरेको लगानी त्यतिकै खेर जाने भएकाले तालीम लिइ सकेपछि कुनै न कुनै व्यवसाय संचालनगर्नु सहभागि हरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा वोल्नुहुदै नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारीले तालीमा सिकेका सिप र ज्ञानलाई प्रयोगगर्न सके जिविको पार्जनमा सहज हुने वताउदै तालिम लिएर व्यवसाय संचालनगर्ने हरुका लागि विउ पजीको रुपमा महानगरपालिकाले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाकि अध्यक्ष सावित्रा दाहाल ढकालले तालीमको उदेश्य माथी प्रकाशपार्दै महिलारुको जिविको पार्जनमा सहजता ल्याउन संस्थाले विभिन्न प्रकारका तालीम आयोजना गर्दै आएका वताउनुभयो । कार्यक्रममा सो वर्डाका वर्डा सचिव सुमन दाहाल, वर्डा सदस्य मोहन कर्ण कार्कीm समाजसेवी राजन न्यापाने तथा किशोर वस्नेतले तालीमको सहि उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष गिता पोखरेलको संयोजनमा भएको तालीममा प्रशिक्षक वेदकुमारी सुवेदीले सहभागि हरुलाई प्रशिक्षण दिदै आउनु भएको संस्थाकी अध्यक्ष सावित्रा दाहालले वताउनुभयो । सो अवसरमा संस्थाका सचिव वाला पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो । सो वर्डाको वर्डा कार्यालय परिसरको भवनमा तालिम संचालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *