‘उद्योग मैत्री नीति निर्माण गरी युवाहरुलाई विदेश पलायन रोक्नु पर्छ’

कुमोद अधिकारी
२० जेठ ः
विराटनगर । सरकारले युवाहरुलाई विदेश पलायन रोक्न आवश्यक शिप सहितको उद्यमशिलताको तालीम दिनु पर्नेमा सहभागिहरुले सुझाव दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा मंगलवार विराटनगरमा आयाजित कोशी प्रदेशस्तरीय युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलन¬ –२०८२ का सहभागीहरुले युवालाई सवल ,प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन राज्यका तीनतहको सक्रिय सहभागिता हुनुपर्नेमा जोडदिनु भएको हो ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्मेलनको उद्घाटन गर्नुहुदै युवाहरु विदेशमा श्रमिकको कार्य गर्न नगई स्वदेशमा उद्यमीबनी रोजगार सिर्जना गर्नेतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो।
उहाँले प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्पधा गर्न आवश्यक व्याज अनुदान दिएकोले कृषि उद्यमी हुन युवाहरुलाई आग्रह गर्नुभयो । मन्त्री राईले कृषिको आधुनिकिकरण तथा व्यवसायीकरणका लागि प्रदेस सरकारले कृषि तथा कृषि उधोग संचालनमा अनुदानको व्यवस्था गरेकाले त्यस्को सहि उपयोग गरेर लाभ लिन समेत युवाहरुलाई आग्रह गर्नुभयो ।युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत,प्रदेश सभासद गोम्बु शेर्पा,उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल साना घरेलु उद्योग महासंघ मोरङ अध्यक्ष चेतन निरौला,परिषदका सदस्य शुसिल शिवाकाटी, परिषदका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सरकारले उद्योग मैत्री नीति बनाई युवाहरुलाई देशमा बस्ने वातावरण निर्माण गर्न सुझाव दिनुभयो। सम्मेलनमा प्रदेशका १४ जिल्लाका युवा युवतीको सहभागिता रहेको छ।
परिषदले यस प्रकारको सम्मेलन सात प्रदेश गर्ने कार्यक्रम अनुसार कोशी प्रदेशदेखि शुरुवात गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *