कुमोद अधिकारी
१७ जेठ
विराटनगर । खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्न लागेका सो पुलको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले एक कार्यक्रमका विच शिलन्याश गर्नुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावतमा समस्या हुदै आएको थियो ।
प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा मोटरेबल पुल बन्न लागेको हो ।
पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ ।
पुल शिलान्यास कार्यक्रममा वोल्नुहुदै मन्त्री राइल,े जनताको चाहना अनुसार प्रदेस सरकारले आवश्यक स्थानमा पुल निमार्ण गर्दै जाने योजना अनुसार दिखुवा खोलामा पुल निमार्णको कामलाई अघि वढाएको वताउनुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विकास निमार्ण तथा पुर्वाधारको कामलाई आफुले तिव्रता दिएको उहाको भनाई थियो ।

उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताउनुभयो । शिलान्यासको दिन शनिबारनै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याएको छ । बाँकी ट्रष्ट क्रमशः ल्याउने काम भइरहेको छ ।
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने स्थानीयको भनाई छ ।