कुमोद अधिकारी
१७ जेठ,
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताउनु भएको छ ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा शनिवार आयोजना गरेको “तुवाचुङ् डे“ लाई उदघाटन् गर्नुहुँदै नेता कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने गरेको प्रष्ट पार्नुभयो ।
संविधानसभाबाट संविधान क्रममा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको वताउदै उहाले सवै समुदायले आफनो सस्कृति र सभ्यतालाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

यसक्षेत्रमा प्रमुख धार्मिक स्थलको रुपमा रहेको हलेसी महादेव मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न आफुले सक्दो पहल गर्ने उहाले वताउनुभयो । हलेसी तुहाचुङ सस्कृति र सम्पदाको जन्मथलो भएकाल हलेशी महादेवको यो मन्दीरलाई विश्वको मानचित्रमा राख्न आफु लाग्ने उहाको भनाई थियो ।