कुमोद अधिकारी
१७ जेठ,
विराटनगर । मनसुन शुरु भएसंगै आउन सक्ने विपद् पुर्वतयारी तथा तथा प्रतिकार्य योजनालाई विराटनगर महानगरपालिकाले तिव्र रुपमा तयारी अघि वढाएको छ ।
वर्षासंगै विराटनगर स्थित सिंघिया तथा केशलिया खोलामा वाढी आउने क्रम शुरु भएसंंगै महानगरपालिकाले, आज आकास्मिक वैठक आयोजनागर्दै वाढीवाट आउन सक्ने विपद पुर्वतयारी तथा प्रतिकार्य योजनालाई तिव्र रुपमा अघि वढाउने निर्णय गरेको हो ।
वैठकमा महानगरपालिकाका प्रमुख सहित १९ वटै वर्डाका वर्डा अध्यक्ष, महानगरपालिकाका विभिन्न साखाका तथा सुरक्षा निकायका प्रमुख तथा संघसंस्थाका प्रतिनिधिहरु सहभागी वैठकले विपद् पुर्व तयारीका लागि कार्ययोजना वनाएर अघि वढने निर्णय गरेको छ ।
खोलामा वाढी आउदा पानीको सहज रुपले निकास नहुदा कतिपय स्थानवाट खोलाको पानी सहर वजारमा पस्न सक्ने खतरा औल्याउदै पानीको निकास अवरुद्ध हुने संभावित स्थानमा खोला सरसफाई गर्ने, वाढी आउदा गाउवस्ती डुव्ने जोखिम पुर्ण स्थानका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नका लागि विद्यालय तथा विभिन्न सुरक्षित स्थानको व्यवस्थागर्ने र विराटनगरका नालाहरुको सरसफाई गर्ने कामलाई तिव्रता दिने वैठकल निर्णय गरेको छ ।
खोला सरसफाईका लागि महानगरपालिकाले तिनवटा जेसीपी तथा स्काईवेटर परिचालन गर्ने , वाढिको जोखिममा रहेका गाउटोल वस्तीका मानिसहरुलाई वाढी आउदा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराउने तथा वाढी आएको अवस्थामा प्रभावित क्षेत्रका मानीसलाई सुरक्षित स्थानमा सार्नका लागि तिनवटा सवारी साधन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
विराटनगरको पुर्व–पश्चिममा रहेका सिघिंया तथा केशलिया खोलामा आउने वाढीले विराटनगर महानगरपालिकाको १९ वटा वर्डामध्ये एकदर्जन वढि वर्डा प्रभावित हुने गरेका छन । त्यसलाई मध्यनजरगर्दै महानगरपाकिलाले जोखीम पुर्ण स्थानमा वासको प्रयोगवाट गरिने प्रकोपाइन विधि तथा वोरामा वालुवाको प्रयोग गरेर तत्काल तटवन्धगर्ने गरि काम अघि वढाउन लागेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वैठकमा जानकारी गराउनुभयो ।
महानगर प्रमुख कोइरालाले, वाढीका कारण आउन सक्ने जस्तो सुकै विपद्को सामनागर्न महानगरपालिका तयार रहेको वताउदै वाढीवाट महामनगरवासीले कनै प्रकारको दुख पाउन नहुने र त्यस्कालागी वर्डा अध्यक्षलाई छाती खोलेर काममा खटिन आग्रह गर्नुभयो ।
वैठकमा महानगरपालिका प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद ढुंङगेलले, वाढीवाट आउन सक्ने विपद् व्यवस्थापनका लागि प्रतेकवर्डामा आवश्यक वजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वैठकमा महानगरपालिकाका वर्डा न–१ का वर्डा अध्यक्ष काजीवहादुर वस्नेत, २ न वर्डाका वर्डा अध्यक्ष कुमार पोखरेल, ३ नम्वरवर्डाका वर्डा अध्यक्ष वासु वस्नेत, १९ नम्वरवर्डाका वर्डा अध्यक्ष श्याम घिमिरे, विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख दिलिपकुमार यादव, महाहगनरपालिका नगर प्रहरी प्रमुख राजन पौडेल, विराटनगर वर्डा प्रहरी कार्यालय विराटनगरका डिएसपी अनमोल खडका,नेपाल रेडक्रस सोसाइटीका प्रमुख सुगदेव मण्डल तथा एवीसी नेपालकि प्रमुख विष्णु पन्तले वाढी तथा वर्षाका कारण आउन सक्ने संभावित विपद् जोखिम न्युनिकरणका विषयमा विभिन्न सुझाव दिनु भएको थियो ।
विपद् वाट हुन सक्ने जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि महानगरपालिकाले विभिन्न वर्डाका वर्डा अध्यक्षको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको महानगरपालिकाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले जानकारी दिनुभयो ।