कुमोद अधिकारी
१५ जेठ,
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्मै उत्कृष्ठ शासन प्रणालीको रुपमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने वताउनु भएको छ ।
आज विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मानतथा निवन्ध प्रतियोगिताका उत्कृष्ठ प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रममा उहाले २१ औ शताव्धिको साइन्स टेक्नोलोजीको अहिलेको विकासको यो दुनियामा अनिर्वाचित तथा जन्मसिद्ध अधिकार सम्पन्न हुन खोज्ने साशन प्रणालीको कुनै दार्सनिक , सैदान्तिक तथा आर्थिक आधार आधार नभएको र अहिलेको समाजको वनौट समेत त्यस्तो नभएको प्रष्ट पार्नुभयो ।
उहाले संघिय लोकतन्त्रीक व्यवस्था मुलुकमा स्थापित भई सकेको अवस्था आफनो अविष्ठ पुरागर्न तथा कुनै एक व्येक्तिको साशन व्यवस्थाको पंक्षमा जनतालाई भ्रमछर्ने काम कसैले गर्न नहुने वताउनुभयो । उहाले नेपाली जनताले राणासाशन तथा पंचायती व्यवस्था व्योहरी सकेकाले अव फेरी निरकुंश साशन ल्याउने चेष्टा कसैले नगरे हुन्छ भन्नुभयो ।
जनमत नभएका तथा एउटा क्षेत्रमा निर्वाचन जित्नका लागि ठुला राजनितिकदलको वुइ चढने पार्टीले केहि नाकारात्मक घटनालाई आधार वनाएर लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिने कुरा नसुहाआउने उहाले वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले समाजिक सन्जालको दुरुपयोग गर्दै केही व्येक्तिहरुले व्यवस्था विरुद्ध गलत प्रचार गर्ने काम गरिरहेका यस्ता क्रियाकलाप विरुद्ध संचारकर्मीहरु सजग सचेत हुनुपर्ने वताउनुभयो ।
कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले, आउदो असार महिनामा प्रदेस आम संचार विधेयक सांसदवाट पास भएसंगै आमसंचार प्रतिष्ठान स्थापना हुने र कोशी प्रदेसका पत्रकारिताक्षेत्रको विकासमा थप सहयोग पुग्ने वताउनुभयो ।
कार्यक्रमा कोशी प्रदेस सरकारका प्रमुख सचिव चन्द्रकला पौडेल, आन्तरिक मामिलातथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरतवहादुर खडका तथा पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठकले पत्रकारीताको क्षेत्रको विकासमा जोड दिनु भएको थियो ।
सो अवसमा कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर कोशी प्रदेसका सातजना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ। नगद रु १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज तथा क्रियाशिला पत्रकारहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकि यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहनु भएको छ ।
उहाँहरूलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले प्रमाणपत्र र नगदसहित सम्मान गर्नभयो । कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर भव्य कार्यक्रम बीच पत्रकारहरुलाई सम्मान गरिएको थियो ।