राजनितिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक, अध्यक्ष यादव

कुमोद अधिकारी विराटनगर
२९ वैसाख,
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले, राजनितिक स्थाइत्वका लागि संविधान संशोधन आवश्यक रहेको वताउनु भएको छ ।
जनता समाजवादी पार्टी मोरङको प्रथम जिल्ला अधिवेशको आज विराटनगरमा उद्घाटन गर्नुहुदै उहाले नेपाली कांग्रेस र नेकपा एमालेको गठवन्धन सरकारले गरेको सात वुदे. सहमती अनुसार संविधान संशोधनको विषय उल्लेख गरे पनि त्यो कार्यान्वयन हुन नसकेको वताउनुभयो ।
अहिलेको निर्वाचन प्रणालीका कारण सरकार फेरवदल भइरहने भएकाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार ल्याउनु पर्ने उहाले जोड दिनुभयो । संंविधानमा उल्लेख भए अनुसार संघ , प्रदेस र स्थानिय सरकारलाई अधिकार सम्पन्न वनाउनु पर्ने उहाको भनाई थियो ।


अध्यक्ष यादवले लामो सघर्ष र आन्दोलनवाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउन गाण्तन्त्र विरोध शक्ति सक्रिय भएकाले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कुरा नेपाली जनतालाई स्वइकार्य नहुने वताउनुभयो । नेपाली जनताले लामो सयम सम्म निरकुंश साशन भोगी सकेकाले अव फेरी मुलुकमा एकतन्त्रीय साशन ल्याउने कुरा संभव नहुने उहाको भनाई थियो ।
कार्यक्रममा सो पार्टीका सह–अध्यक्ष रकम चेमजोङ, सो पार्टीका नेता जयराम यादव पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव लगायले राष्ट्रिय राजनितिमा पार्टीको भुमिकाका विषयमा चर्चा गर्नु भएको थियो । दुई दिन सम्म चल्ने सो अधिवेशनले नया नेतृत्व चयन गर्ने जनाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *