कुमोद अधिकारी विराटनगर
३० वैसाख,
गृहमन्त्री रमेस लेखकले कारागारलाई सुधारगृह रुपमा स्थापित गर्दै यसलाई उधोगग्रामको रुपमा विकास गर्नु जरुरी रहेको वताउनु भएको छ ।
विराटनगर स्थित मोरङ कारागार परिसरमा निमार्ण भएको नवनिर्मित भवनको उद्घाटन गर्नुहुदै उहाले कारागारमा सजाय भोग्दै आएका कैदीवन्दीहरुले कुनै प्रकारको इलम र सिप सिकेर केही न केही उत्तपादन गर्न सक्यो भने मानिस उत्तपादन संग जोडिने र गरेको उत्तपादनले केहि केही आयआर्जन गर्न सक्ने भएकाले कारागारलाई उधोगग्रामको रुपमा विकास गर्नु आवश्यक रहेको वताउनुभयो ।
उहाले कारागारवाट सजाय भोगेका कैदीवन्दीलाई समाजमा असल नागरिकको रुपमा स्थापितगर्न र उनिहरुलाई सिप मुलुकमा आयआर्जन जोडन पनि सरकारले प्रत्येक कारगारलाई आधुनिकिकरण गर्न लागेको वताउनुभयो । मन्त्री लेखकले कारगारमा रहेका कैदीवन्दीहरुको मानव अधिकारको उचित व्यवस्थापनका लागि सरकार सचेत रहेको वताउनुभयो । उहाले नेपाली कांग्रेस र नेकपा एमालेको सहमतीमा गठन भएको यो सरकारले १० महिनाको अवधिमा आर्थिक सुचांकाकहरु सुधार भएको र आर्थिक क्षेत्रमा उल्लेखनिय प्रगती हाशिल गरेको वताउनुभयो ।

उहाले सरकार गठन भएपछि राजनितिक स्थिरत कायम भएको , मुल्य वृद्धि नियन्त्रणमा आएको,केहि न केहि आयात घटाएर निर्यात वढाएको, मुलुकमा लगानीका लागि उधोग स्थापना गर्न सहज वातवारण वनाएको उधोग स्थापनमा आउन सक्ने कानुनी तथा प्रसासनिक जटिल्ता हटाएको तथा वढिभन्दा वढि कानुन निमार्णका लागि यो सरकारले सांसदमा विधेयक हरु पेश गरेको वताउनुभयो ।
कोशी प्रदेसका आन्तरिक मामिलातथा कानुन मन्त्री रेवती रमण भण्डारीले नया भवन निमार्ण भएसंग मोरङ कारागार सुधारगृहको रुपमा स्थापित भएको वताउनुभयो ।
कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्राईले सरकारले कैदीवन्दीहरुका सहजताका लागि मुलुकभरका कारगारहरुलाई थव व्यसिथत र नया भवन वनाउने कार्य भइरहेको वताउनुभयो ।
कार्यक्रमा प्रतिनिधिसभाको सांसद एंव पुर्वमन्त्री अमनलाल मोदी, कोशी प्रदेससभाका सदस्य भिम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, संघिय विकास तथा भवन निमार्ण कार्यालय विराटनगरका प्रमुख प्रदिपकुमार सिंहले नया भवन निमार्ण भएसंग कैदीवन्दी हरुलाई हरेक प्रकारले सुविधा भएको उल्लेख गर्नुभयो ।

नेपाल सरकाले सो कारगार परिसरमा ३५ करोड रुपैयाको लागतमा सो नया भवन निमार्ण गरेको हो । जस अन्तर्गत कारगार पारिसरमा पुरुष तथा महिला सुधारगृह भवन , नेपाल प्रहरी तथा सशत्र प्रहरीका भवन, प्रसासनिक भवन, कारागार प्रमुखको आवाशगृह तथा सुरक्षापोष्ट निमार्ण भएका छन ।