कुमोद अधिकारी विराटनगर
२९ चैैत
संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले, पत्रकारीता क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको वताउनु भएको छ ।
अनलाइन मिडिया युट्युव तथा पत्रकारिताक्षेत्रको समसामयिक सवाल सम्वन्धमा मन्त्रालयले विराटनगरमा आयोजना गरेको संचारकर्मीसंगको अभिमुखीकरण तथा छलफल कार्यक्रममा उहाले ऐन कानुन नियमलाई परिमार्जजनगर्दै पत्रकारिता क्षेत्रको समस्या समाधानगर्ने तर्फ मन्त्रालय लागेको वताउनुभयो ।
समाजिक सन्जालमा आउने कतिपय फेक भिडिओ तथा भ्रामक समाचारले समाजमा गंभिर असर परिरहेको र यसले जोखिम समेत वढाउने भएकोले यस्तो समाचार सहि हो , होइन त्यस विषयमा नियमन तथा अनुगमन आवश्यक रहेको उहाले वताउनुभयो ।

प्रविधिको विकाससंगै आम संचार माध्यमलाइै सहज वनाएको चर्चा गर्दै प्रविधिको सहि उपयोगगर्दै सत्यतथ्य र विश्वसनिय समाचार सम्प्रेषणगर्न समेत उहाले संचारकर्मीलाई आग्रह गर्नुभयो ।
उहाले सरकारी संचार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोरखापत्रको स्थापना संगै आम नेपालीले सहज रुपमा सुचना पाउन थालेको वताउदै पछिल्लो समयमा आएर रेडियो नेपाल र नेपाल टेलिजिनलाई एकै ठाउमा मर्ज गरेर सार्वजनिक प्रसारण सेवाको रुपमा विकास गरेको वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजम्वर राई, मोरङको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरत खडका , नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक लगायताले पत्रकारीता क्षेत्रको विकासमा जोड दिनु भएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य विजयराज अधिकारी मन्त्रालयका सुचना अधिकारी ममता वास्कोटाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी सचिव अर्यालले आजै विराटनगर–४ खार्जीमा रहेको तारिणिप्रसाद कोइराला स्मृती संचारग्राम रेडियो नेपालको समेत अनुगमन गर्नु भएको छ ।
सो अवसरमा सचिव अर्यालले संचारग्रामवाट प्रसारण भइरहेको कार्यक्रम तथा संचारग्रामको गतिविधिको वारेमा जानकारी लिनु भएको थियो ।

सो अवसरमा संचारग्राम प्रमुख सुर्यनारायण कर्ण तथा कार्यक्रम महासाखा प्रमुख नयराज नेपालले संचारग्रामवाट भइरहेको गतिविधि तथा कार्यक्रमका विषयमा सचिव अर्याललाई जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाले कर्मचारीहरुसंग विभिन्न विषयमा छलफल समेत गर्नु भएको थियो ।
यसैगरि सचिव अर्यालले विराटनगर स्थित नेपाल टेलीकम कोशी प्रदेस कार्यालयको पनि अनुगमनगर्दै कार्यालयको सेवाप्रभाको विषयमा जानकारी लिनु भएको थियो ।